७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

कर्णालीमा लम्पी स्किनः ९ हजार बढी पशुचौपायको मृत्यु

लम्पी स्किन भाइरसका कारण कर्णाली प्रदेशमा ९ हजार ६ सय २० वटा पशुचौपायको मृत्यु भएको छ।

लम्पी स्किनबारे गलत जानकारी

धेरै भाइरल सामाजिक सञ्जाल पोस्टहरूले झुटो दाबी गर्छन् कि एलएसडी फैलिएका कारण दूध मानव उपभोगका लागि असुरक्षित भएको छ र संक्रमित जनावरको दूध पिउनाले मानिसमा छाला रोगको विकास हुन्छ।

लम्पी स्किनबाट ताप्लेजुङ र पाँचथरमा साढे ६ सय पशु मरे

लम्पी स्किन रोगबाट हाल सम्म ताप्लेजुङ र पाँचथरमा गरी साढे ६ सय पशु मरेका छन्। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका अनुसार पाँचथरमा ४ सय ४० र ताप्लेजुङमा २ सय ७ गरी अहिले सम्म कूल ६ सय ४७ पशु मरेका हुन्।

मुस्ताङ र मनाङमा ‘लम्पी स्किन’ नियन्त्रण

गाईभैंसीमा फैलिएको ‘लम्पी स्किन’ को संक्रमण मनाङ र मुस्ताङमा नियन्त्रणमा आएको छ। प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको संक्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।

रामेछापमा लम्पी स्किन: ३८१ चौपाया मरे, २१ हजार संक्रमित

रामेछापमा लम्पी स्किन संक्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन्। यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया संक्रमित भएका छन्।

लम्पी स्किनः हिमाली जिल्लाका याक चौंरी सुरक्षित

पशुमा लाग्ने लम्पी स्किन रोगले यतिबेला सबैतिर अत्याइरहँदा हिमाली भेगमा पालिएका याक चौंरी भने अहिलेसम्म सुरक्षित रहेका छन्। याक चौंरीमा अहिलेसम्म यो रोग फेला नपरेको हिमाली जिल्लाका पशु स्वास्थ्य चिकित्सकले बताएका छन्। हिमाली भेगकै अरु गाई गोरुमा यो रोग देखिएपनि याक चौंरी भने सुरक्षित रहेको उनीहरुको भनाई छ।

याक र चौँरीमै देखियो लम्पी स्किन

हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ। जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो।

लम्पी स्किन: पशु बिरामी हुँदा दूध उत्पादन घट्दै

व्यावसायिक रुपमा पशुपालन गरेका किसानलाई अहिले पशुमा लाग्ने लम्पी स्किन रोगको त्रास छ। धमाधम पशु बिरामी परेको र केहीको मृत्यु भएपछि पशुपालक किसान चिन्तामा छन्। पशु बिरामी परेपछि दूध उत्पादन स्वात्तै घट्ने पशुपालक किसानको भनाई छ।

काभ्रेमा लम्पी स्किन रोकथामका लागि खोप अभियान

लम्पी स्किन रोगको सङ्क्रमणबाट पशु मर्न थालेपछि काभ्रेपलाञ्चोकका स्थानीय तहले खोप अभियान सुरु गरेका छन्। सङ्क्रमण भएका गाईवस्तुलाई औषधि उपचारसँगै निःशुल्क रुपमा खोप अभियान सञ्चालन गरिएको हो।

लम्पी स्किनः बीमा पनि छैन, राहत कतैबाट पाइँदैन

यो बेला पशुमा देखिएको लम्पी स्किन रोगले धमाधम गाई, गोरु, भैंसीको ज्यान गईरहेको छ। लम्पी स्किनको क्षतिमा पशुबीमाले काम नगर्ने भएकोले किसानलाई अझ बढी क्षति पुगेको छ। लम्पी स्किन रोग महामारी भएकोले बीमाले दावी भुक्तानी नगर्ने सरकारी निकायको भनाई छ।

मान्छे र पशुलाई किराकै त्रास

यतिबेला मानव र पशुचौपायालाई किराबाट सर्ने रोगबाट सर्वत्र त्रास छ। मान्छेलाई लामखुट्टे र पशुचौपायालाई झिंगा र लामखुट्टेले हैरान पारेको छ। लामखुट्टेले अहिले मान्छेमा डेंगी संक्रमण फैलाइरहेको छ भने लामखुट्ने र झिंगाले सारेर पशुचौपायामा लम्पी स्किनको संक्रमण बढ्दो छ।

धान रोपाइँँ कम हुनुमा लम्पी स्किनको प्रभाव: मन्त्रालय

मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।

मनाङका चौपायामा पनि देखियाे लम्पी स्किन राेग

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिए।

लम्पी स्किनः गाडीमा उक्लेका किराले मनाङसम्मै संक्रमण !

पशुको आउजाउ र लसपस कम हुने हिमाली जिल्ला मनाङ र मुस्ताङसम्म लम्पी स्किन रोग कसरी उक्लियो त? जबकी हिमाली जिल्लाबाट अरु छिमेकी जिल्लामा पशुको आउजाउ खासै हुँदैन। चरनका लागि पनि तल्लो भेगका पशु माथि लगिदैन भने माथिबाट पनि तल झारिँदैन। पशु चिकित्सक भन्छन, ‘पशु आउजाउ नभएपनि गाडी पर्याप्त मात्रामा तलमाथि (मनाङ–लम्जुङ) गुडेका छन्। गाडी चढेर गएका झिंगा, लामखुट्टेले पशुमा रोग सारेका हुन्। त्यो बाहेक हिमाली जिल्लासम्म यो रोग उक्लिनुमा अरु कुनै कारण छैन।’

‘लम्पी स्किन’ ले गाई भैँसी मर्न थालेपछि किसानलाई सकस

‘लम्पी स्किन’ को प्रत्यक्ष असर यहाँ दुग्ध उत्पादक किसानमा परेको छ। दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भैँसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको यहाँका किसानहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्