३० वैशाख २०८१ आइतबार
image/svg+xml

‘खेल्छ गण्डकी’ मार्फत बालबालिकालाई टेनिस प्रशिक्षण

‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण पोखरामा सुरु भएको छ। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘सबैका लागि टेनिस, संधैका लागि टेनिस’ भन्ने नाराका साथ प्रशिक्षण दिन थालिएको हो।

प्रदेश परिषदद्वारा ‘गण्डकी खेलकुद पदक’ कार्यविधि पास

प्रदेश खेलकुद परिषद गण्डकीले ‘गण्डकी खेलकुद पदक’ प्रदान गर्न आवश्यक कार्यविधि २०८०लाई पास गरेको छ। कार्यविधि पास गरेसँगै पदक प्रदान गर्ने र सञ्चालन गर्ने विषयलाई अनुमोदनको लागि प्रदेश मन्त्रीपरिषद पठाइने छ। कात्तिक भित्रमा कार्यविधिलाई प्रदेशको क्याविनेटले पास गरेपछि कार्यान्वयनमा आउने प्रदेश खेलकुद परिषदले जनाएको छ।

खेलाडी,रेफ्री तथा प्रशिक्षकको जोखिम विमा गर्न कार्यविधि बनाउँदै

प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका एघारवटै जिल्लामा सम्बन्धित संघका रेफ्री, प्रशिक्षक, कर्मचारी, पदाधिकारी लगायतलाई सूचीकृत गर्न परिपत्र गरेको छ। सूचीकृत भएका रेफ्री तथा प्रशिक्षक लगायतको प्रदेश खेलकुद परिषदले दुर्घटना विमा (जोखिम बहन) गर्ने निर्णय गरेको छ।

क्रिकेट मैदान बनाउन जग्गा खोज्दै प्रदेश खेलकुद परिषद

प्रदेश सरकारको स्थापनासँगै शुरु भएको प्रदेश क्रिकेट मैदान बनाउने योजना अझै पुरा भएको छैन् । छ वर्षअघिको योजनालाई सरकार र प्रदेश खेलकुद परिषद गण्डकीले रोजेजस्तो र खोजेजस्तो सार्वजनिक जग्गा पाउन नसक्दा क्रिकेट मैदान बनाउने सपना पुरा हुन नसकेको हो ।

कास्की गण्डकी प्रदेशस्तरीय हक्की च्याम्पियन

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा भएको गण्डकी प्रदेशस्तरीय हक्की प्रतियोगिताको उपाधि कास्कीले जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्