११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान अस्थायी युद्धविराम होइन, पूर्ण रूपमा युद्ध समाप्त गर्न चाहन्छ

अब्बास अरागची

इरानका विदेशमन्त्री अब्बास  अरागचीले ‘युद्धविराम’को विषयमा चीनसँग महत्त्वपूर्ण धारणा व्यक्त गरेका छन्। उनले चीनका विदेशमन्त्री वाङ यी सँगको कुराकानीमा भनेका छन् कि इरान अस्थायी युद्धविरामका लागि मात्र तयार छैन, बरु पूर्ण रूपमा युद्ध अन्त्य गर्न चाहन्छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार,  अरागचीले भनेः‘इरान केवल अस्थायी युद्धविराम होइन, पूर्ण रूपमा युद्ध समाप्त गर्न चाहन्छ।’

उनले थप स्पष्ट पारे कि स्ट्रेट अफ होर्मुज सबैका लागि खुला छ र जहाजहरू सुरक्षित रूपमा आवतजावत गर्न सक्छन्। तर, यो युद्धमा प्रत्यक्ष संलग्न देशका जहाजहरूलाई भने अनुमति नहुन सक्छ।

वाङ यीले पनि जोड दिँदै भने कि ‘लडाइँभन्दा संवादको बाटो राम्रो हुन्छ,’र सबै पक्षलाई छिटो शान्ति कायम गर्न आग्रह गरेका छन्।यसअघि डोनाल्ड ट्रम्प ले आफू इरानसँग वार्ता गरिरहेको दाबी गरेका थिए।

त्यस्तै, शहबाज शरीफ ले पनि अमेरिका र इरान तयार भए पाकिस्तान युद्ध रोक्न मध्यस्थता गर्न तयार रहेको बताएका छन्। एजेन्सी

प्रकाशित: ११ चैत्र २०८२ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App