९ आश्विन २०८१ बुधबार
image/svg+xml

चिकित्साशिक्षा अध्यादेश संसद्मा दर्ता

सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी अध्यादेश २०७४’ बुधबार संसद् सचिवालयमा दर्ता गरेको छ।  कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको अध्यादेशलाई वर्तमान सरकारले अनुमोदनका लागि संसद्मा दर्ता गरेको हो। अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभा सचिवालयमा दर्ता गरिएको छ।

पाकिस्तानी संसद्मा पहिलो पटक हिन्दू महिला

पाकिस्तानको संसद्मा पहिलो पटक हिन्दू महिला सांसदका रूपमा निर्वाचित भएकी छन् । पाकिस्तानको सीमान्तकृत अल्पसंख्यक हिन्दू महिला कृष्ण कुमारी ऐतिहासिक जित निकाल्दै संसद् सदस्य निर्वाचित भएकी हुन्।

संसद्मा पाँच दललाई मात्र सेवा सुविधा

प्रतिनिधिसभा निर्वाचनमा पाँच राजनीतिक दलले राष्ट्रिय मान्यता प्राप्त गरेपछि संघीय संसद् सचिवालयले पाँच दलको संसदीय दलको कार्यालय स्थापना गरेको छ।

संसद्मा थारु प्रतिनिधित्व ‘सन्तोषजनक’

कमलरीबाट मुक्त भएपछिको राजनीतिक यात्राले दाङकी शान्ता चौधरीलाई पहिलो संविधानसभामा सभासदको हैसियतमा उभ्याइदियो । संविधान निर्माण जिम्मेवारी बोकेर एमालेबाट २०६४ सालमा संविधानसभामा प्रवेश गरेकी शान्ताले त्यसको ‘जस’ भने पाउन सकिनन् । कारण पहिलो संविधानसभा संविधान निर्माण गर्न नसकेरै विघटन भइदियो । पहिलो संविधानसभामा समानुपातिक कोटाबाट सभासद बनेकी शान्ता दोस्रो संविधानसभा निर्वाचनमा जिल्लाको साबिक निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि कांग्रेसकी सुशीला चौधरीबाट पराजित भइन्।

आयल निगममा घोटाला : सरकारको मौनताप्रति संसद्मा आवाज

सत्तासीन नेपाली कांग्रेसका सांसदले नेपाल आयल निगममा जग्गा खरिद गर्दा भएको भ्रष्टाचारलाई बेवास्ता गरेको भन्दै आपूर्ति मन्त्री शिवकुमार मण्डलको आलोचना गरेका छन् । निगम आपूर्ति मन्त्रालयअन्तर्गत पर्छ ।

संसद्मा आएन राष्ट्रियसभा निर्वाचन विधेयक

मतभार निर्धारण गर्दा जनसंख्यालाई आधार मान्ने कि प्रतिनिधित्वलाई भन्ने विषयमा अन्योल छ । जसले गर्दा राष्ट्रियसभा निर्वाचनसम्बन्धी विधेयक संसदमा दर्ता हुन सकेको छैन ।

भ्रष्टाचारविरुद्ध संसद्मा संकल्प प्रस्ताव

‘मुलुकमा भ्रष्टाचारका सयौं घटना प्रमाणसहित सार्वजनिक हुँदा पनि कारबाही प्रक्रिया अघि नबढेकाले संकल्प प्रस्ताव प्रस्तुत गर्नुपरेको हो ।’

संविधान कार्यान्वयनका ३८ विधेयक संसद्मा रोकिए

नयाँ संविधान कार्यान्वयनका लागि सरकारले महŒवपूर्ण भूमिका खेल्न नसक्दा संविधान कार्यान्वयनसँग सम्बन्धित ३८ विधेयक संसद्मा रोकिएका छन्। २०७२ असोज ३ गते संविधान जारी भएपछि तीनवटा सरकार बनिसकेका छन्।

संसद्मा दाता सहयोग

नीति निर्माणकै लागि सहयोगको आस गर्दै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासमक्ष धाउनु संसदीय समिति र त्यसका सदस्यका लागि लाजमर्दाे अवस्था हो । त्यसैले पनि नीति निर्माणका लागि दाताको सहयोग खोज्दै हिँड्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ र सरकारले नै संसद् र संसदीय समितिका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिदिनुपर्छ । फेरि संसद् र संसदीय समितिहरूले पनि आफूबीच मात्रै गर्नुपर्ने छलफलका लागि रिसोर्ट र होटलहरु रोज्ने होइन, यस्ता छलफल सिंहदरबारभित्रै गरिनुपर्छ ।

भरतपुर घटना संसद्मा प्रवेश

हार्न लागेपछि पाँच वटा मतपत्र च्यातेर फेरि मतदानमा जाने हो भने निर्वाचन आयोगले सधैंभरि चुनावमात्र गरेर बस्नुपर्नेछ।

स्थानीय तह सञ्चालन विधेयक संसद्मा

सरकारले स्थानीय तह शासन सञ्चालनका लागि बनाउन लागिएको ऐनको मस्यौदा विधेयक संसद् सचिवालयमा दर्ता गराएको छ । स्थानीय तह शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयकमा स्थानीय तहलाई अधिकतम अधिकार दिन प्रस्ताव गरिएको छ ।

आइजिपी नियुक्ति विवाद संसद्मा

सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरी महानिरीक्षक नियुक्ति विवादले व्यवस्थापिका संसद् बैठकमा प्रवेश पाएको छ। खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका सांसद रामकुमार राईले यो विवाद शुक्रबार संसद्मा प्रवेश गराउँदै सर्वोच्च अदालतले कार्यपालिकाको निर्णयमा हस्तक्षेप गरेको बताए।

नयाँ शक्ति र थरूहट तराई पार्टी लोकतान्त्रिकबीच एकीकरण, नयाँ शक्ति पनि अब संसद्मा

बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी र गंगा चौधरीले नेतृत्व गरेको थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक)बीच सोमबार एकीकरण भएको छ।

आचार्य एक वर्षपछि संसद्मा

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद नरहरि आर्चाय एक वर्षपछि संसद् बैठकमा उपस्थित भएका छन्। पार्टीको १३औं महाधिवेशन संघारमा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि २०७२ माघ २६ गते बिहान आर्चाय कोइराला निवास पुगेका थिए।

एयर मार्सललाई बासबारे संसद्मा छलफल

भारतीय जहाजमार्फत आउने हतियारधारी सुरक्षाकर्मीलाई काठमाडौंमा बास दिन भारतले राखेको प्रस्तावबारे संसद्मा छलफल भएको छ। संसद्को सोमबारको बैठकमा नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले यस्तो प्रस्ताव 'भारतद्वारा नेपाल खाने सिलसिलाकै रूपमा आएको' बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्