२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml

सामाजिक क्षेत्रबाट संसदको यात्रामा बिना गुरुङ

सामाजिक क्षेत्र, महिला सशक्तीकरण र शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय बिना गुरुङले पहिलोपटक सङ्घीय संसद्मा प्रवेश गरेकी छन्।

मुलुकलाई सही बाटोमा हिँडाउने जिम्मेवारी आएको छः स्वर्णिम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले मुलुकलाई सही दिशामा हिँडाउने जिम्मेवारी काँधमा आएको बताएका छन्।

सुनिल शर्मालाई भारी मतान्तरले पराजित गर्दै कार्की विजयी

श्रम संस्कृति पार्टीका ३६ वर्षीय उम्मेदवार अमिर मगरले १६ हजार ५०९ मत प्राप्त गरेका छन्। मोरङको यो नतिजालाई राजनीतिमा युवा नेतृत्वको उदय र स्थापित शक्तिप्रतिको जनमतको बदलावका रूपमा हेरिएको छ।

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राईकै अग्रता

खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले १५,२३८ मतकाे साथ अग्रता कायम गरेकाे छ।

अमरेशको ‘ह्याट्रिक’ जित, गगनको पहिलो हार

सर्लाही क्षेत्र नम्बर-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्। केहीबेरअघि सम्पन्न मतगणनाअनुसार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई भारी मतान्तरले पराजित गरेका हुन्।

नारायणकाजीलाई भारी मतान्तरले हराउँदै रास्वपाका नरेन्द्र विजयी

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५३ वर्षीय कलवारले ४६ हजार ८९० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका ६६ वर्षीय उम्मेदवार नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मत मात्र प्राप्त गरे।

लोकसेवाको तयारी छोडेर राजनीतिमा होमिएकी निशा डाँगी भन्छिन्: मिसन र भिजनमा स्पष्ट छु

जागिर खाएर व्यक्तिगत जीवन सुधार्ने सोच त्यागेर जनताको सेवक बन्ने उद्देश्यका साथ उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डामुनि गोलबद्ध हुने कठिन तर चुनौतीपूर्ण बाटोमा होमिइन्।

उदयपुर–२ मा रास्वपाको बाजी

उदयपुर क्षेत्र नम्बर -२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर तामाङ फराकिलो मतान्तरसहित विजयी भएका छन्।

अब खुसी मनाउने होइन, काम गर्ने कुरा हुन्छ: पुन

म्याग्दीमा विगतका वर्षहरूमा निर्वाचनपछि विजेताले खुसी साँट्ने तडकभडकपूर्ण विजयी उत्सवले बजार क्षेत्र कोलाहलपूर्ण बन्ने गरेको थियो।

राजनीतिमा महावीर शैली: विजयपछि उत्सव होइन, जिम्मेवारीको सन्देश

निर्वाचनबाट एक जना मात्र विजेता हुने र अन्य उम्मेदवार पराजित हुने भएकाले विजेताले सबै उम्मेदवारको भावनाको सम्मान गर्नुपर्ने उनले धारणा राखे। विजयी उत्सवका तडकभडकले कसैलाई जित–हारको पीडा महसुस गराउनु उचित नहुने भन्दै सांसद पुनले सबै उम्मेदवारको सम्मानका लागि आफूले विजयी उत्सव नगर्ने बताए।

सडकको आवाजलाई सदनमा पुर्‍याउँदै शर्मा

‘आमयुवा र हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’ का संस्थापक सोम शर्मा युवाको आवाजलाई सडकबाट संसद्मा पुर्‍याउँदै छन्।

जनताको आवाज सशक्त उठाउँछुः दीपक बोहरा

कञ्चनपुर निर्वाचन क्षेत्र नं-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले जनताको आवाज संसद्सम्म सशक्त रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

धनुषा ४ मा रास्वपाका महतो विजयी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रघुवीर महासेठले ११ हजार ५२९ मत प्राप्त गरे। यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। एक लाख २७ हजार ७७८ मतदाता रहेकामा ८३ हजार ९६७ मत खसेको थियो।

जनहित, विकास र समृद्धिका लागि इमान्दारीपूर्वक काम गर्छु : नवनिर्वाचित सांसद महता

महताले मतदाताहरूले आफूमाथि देखाएको विश्वास र भरोसालाई सधैँ सम्मान गर्दै जनहित, विकास र समृद्धिका लागि इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्