coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

सन्दीपको मुद्दा भट्ट र ढकालको इजलासमा, पुनरावेदनको सुनवाइ एकै पटक

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको छ।

हुन्डी कारोबारीलाई अस्पतालमै ‘अनुसन्धान सुविधा’

व्यापारी नरेश अग्रवाल पक्राउ परेका बखत युएसडिटीमार्फत कारोबार भएको प्रमाण र सुन तौलिने मेसिनसमेत फेला परेको थियो। यी दुवै विषयलाई बेवास्ता गरी हुन्डी कारोबारमा मात्रै अनुसन्धान गरेको चर्चा अहिले विभागभित्रै भइरहेको छ।

बालबालिकाका मुद्दा समयमै छिन्न आदेश

नजिर र कानुनका आधारमा बालबालिकासँग सम्बन्धित मुद्दाको छिनोफानो समयमै हुन नसकेपछि जिल्ला अदालतका नाममा सर्वोच्च अदालतले परमादेशको आदेश जारी गरेको छ।

सिभिल सहकारीपीडितले रकम पाउन इच्छाराजविरुद्धको ठगी मुद्दा कुर्नुपर्ने

सिभिल सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन इच्छाराज तामाङसँग जोडिएको ठगी मुद्दाको फैसला नै कुर्नुपर्ने देखिएको छ।

तीन खर्बको हुन्डी र क्रिप्टोकरेन्सी कारोबार

अभियुक्तविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र संगठित अपराध निवारण ऐन, २०७० अनुसारको कसुरमा सजाय माग गरिएको छ।

म्याद थपका लागि अदालत पुर्‍याइएका थुनुवा हतकडीसहित भागे

बुधबार म्याद थपका लागि अदालत पुर्‍याइएका विमल खड्का हतकडीसहित भागेको जिल्ला प्रहरी परिषद काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।

न्यायाधीशत्रय कोइराला, निरौला र भट्टराईविरुद्ध जाँचबुझ समिति

न्यायपरिषद्ले न्यायाधीशहरूविरुद्ध परेका उजुरीमा छानबिन प्रक्रिया अघि बढाएको छ। न्यायपरिषद्मा जिल्ला र उच्च अदालतमा कार्यरत २९० न्यायाधीशविरुद्ध ४५२ वटा उजुरी छन्।

सन्दीपको मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा परेको छ।

काठमाडौं जिल्ला अदालतमा टोकन प्रणालीमा फिराद दर्ता

देशभरका जिल्ला अदालत मध्ये व्यस्त र सेवाग्राहीको भीड हुने काठमाडौं जिल्ला अदालतमा आजदेखि टोकन प्रणाली सुरु गरिएको छ। देशभर सबैभन्दा धेरै मुद्दाको चाप हुने काठमाडौं जिल्ला अदालत हो।

अन्ततः खाणसमेत रिहा

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न भएको अभियोगमा मुद्दा चलाई कारागारमा पुर्पक्ष थुनामा राखिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण शुक्रबार धरौटी बुझाएर छुटेका छन्।

क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी

पटकपटक बहस स्थगित गर्दै आएको जिल्ला अदालत काठमाडौँले लामिछानेको मुद्दामा आजका लागि फैसला पेसी तोकेको हो।

बलात्कार आरोपित इञ्जिनियर पोखरेल थुनामा

काठमाडौं जिल्ला अदालतले जर्बजस्ती करणीको आरोप लागेका मध्यपहाडी लोकमार्गका आयोजना प्रमुख एवं इन्जिनियर हरिकुमार पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

ललिता निवास प्रकरण: आरोपितलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

प्रधानन्यायाधीश कार्कीको मातहतमा बस्न असहज हुने भन्दै न्यायाधीश भट्टराईले दिए राजीनामा

आफैँले कानूनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै भट्टराईले सोमवार राजीनामा दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्