पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक समातिएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब देशमा आन्दोलन मात्रै हुने प्रतिक्रिया दिएका छन्।
प्रतिनिधिसभाका सांसद रहेका साम्पाङले सामाजिक सञ्जालमार्पत् आफ्नो कुरा मानिसहरूले ढिलो गरी बुझ्ने गरेको बताएका छन्। उनले ओखलढुङ्गाको कार्यक्रमलाई स्मरण गर्दै भने, ‘अरु जसले जिते पनि प्रतिशोधको राजनीति हुन्छ, प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो भनेर मैले भन्या थेँ। अब हुने भनेको यस्तै मात्रै हो, आन्दोलन, आन्दोलन अनि आन्दोलन।’
उनले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र सरकारी भवन जलाउने तथा भत्काउने कृत्यका अगुवाहरूलाई पनि गिरफ्तार गरेर कारबाही गर्नुपर्ने माग राखेका छन्। गत भदौ २३ गतेको ‘जेनजी आन्दोलन’ छानबिन आयोगले दोषी ठहर गरेपछि पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका हुन्।
प्रकाशित: १४ चैत्र २०८२ ०७:५५ शनिबार





