१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एमालेले सधैँ देश र जनताको पक्षमा काम गर्छ: महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीले लोककल्याणकारी राज्य निर्माणमा महत्वपूर्ण योगदान गरेको दाबी गरेका छन्।

‘ज्यान छ तर जीवन छैन’

एमाले नेता योगेश भट्टराईले नीति तथा कार्यक्रममा ज्यान भएको तर जीवन नभएको प्रतिक्रिया दिएका छन्। ‘नीति तथा कार्यक्रममा ज्यान छ तर जीवन छैन,’उनले भने, ‘भएभरका सबै कार्यक्रम राखिएका छन् तर सपना र जोसजाँगर छैन।’

संसदको प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन: सांसद भट्टराई

नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर जीवन्त नभएको टिप्पणी गरेका छन्।

कांग्रेस–एमालेको विकल्प बन्ने राप्रपाको दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेस र कम्युनिस्टको विकल्प आफू नेतृत्वको पार्टी हुने दाबी गरेको छ।

टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

‘बार्गेनिङ’ गर्दै एमाले

प्रतिपक्षी एमालेले संघीय संसद्का तीन समितिको नेतृत्व आफ्नो पक्षमा पारेको छ। एमालेले मिनी संसद्का रूपमा चिनिने संसद्का विषयगत समितिको नेतृत्व र सदस्य संख्यामा सहमति नभएसम्म सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न नसकिने भन्दै अड्को थापेको थियो।

संघीयताबारे केन्द्रिय कमिटी बैठकमा छलफल भएको छैनः एमाले

नेकपा (एमाले) ले पार्टी केन्द्रिय कमिटी बैठकमा संघीयताबारे छलफलनै नभएको स्पष्ट पारेको छ।

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक बिहान ८ बजे बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

२०८४ सालको निर्वाचन लक्षित कार्ययोजना बनाउने एमालेको निर्णय

पार्टीको जारी केन्द्रिय कमिटीको बैठकले २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने उद्देश्यसहित २०८० सालको वार्षिक कार्य योजना बनाउन लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

आगामी कार्ययोजना तयार गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ। बैठक आज आज केन्द्रीय पार्टी कार्यालयमा अपराह्न ३ बजे बस्ने भएको हो।

नेकपा एमालेको केन्द्रिय कमिटी बैठक बस्दै

आजबाट नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक बस्दैछ । बैठक आजबाट ३० गतेसम्म बस्नेछ। बैठक आज बिहान १० बजेबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु हुनेछ।

एमालेले भन्यो: सरकारको काममा सहयोग र समर्थन छ

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा सहयोग गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

टोपबहादुरलाई एमालेले निलम्बन गर्यो, आत्मसमर्पणको तयारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टीले निलम्बन गरेको छ।

रायमाझी भागे कि भगाइए ?

‘कतै न कतै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीचको भेटको नतिजाले नै टोपबहादुर रायमाझीलाई फरार बनाएको हो,’ नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल भन्छन्, ‘उनले अहिले ठुलो दलको पदाधिकारी, पूर्वउपप्रधानमन्त्री र सांसद भएको फाइदा उठाइरहेका छन्।’विपक्षीहरूले रायमाझी बालकोटस्थित एमाले अध्यक्ष ओलीनिवासमा लुकेर बसेको टिप्पणीसमेत गरिरहेका छन्।

टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने एमालेको निष्कर्ष

नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्