१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आगामी कार्ययोजना तयार गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

फाइल तस्बिर

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ। बैठक आज आज केन्द्रीय पार्टी कार्यालयमा अपराह्न ३ बजे बस्ने भएको हो।  

केन्द्रीय कमिटीको बैठकमा प्रदेश अध्यक्षहरूबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्ने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।  

उक्त कार्ययोजनालाई एकीकृत रूप दिएर वार्षिक कार्ययोजना बनाउन स्थायी कमिटी बैठक बस्न लागेको रिमालले जानकारी दिए । एमालेको केन्द्रीय कमिटी बैठक हिजोदेखि जारी छ । केन्द्रीय कमिटीको बैठकमा ५ प्रदेशका बाँकी रिपोर्ट प्रस्तुतिपछि ८ समूहमा छलफल हुने र त्यसपछि प्रदेशका तर्फबाट कार्ययोजना पेस हुनेछ ।  

प्रकाशित: २९ वैशाख २०८० ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App