९ आश्विन २०८१ बुधबार
image/svg+xml

राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड प्रस्थान

नेपाली राष्ट्रिय महिला भलिबल टोली बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि आज थाइल्यान्ड प्रस्थान गरेको छ।

महिला भलिबल टोलीको बिदाइ

१३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीका लागि नेपाली महिला भलिबल टोली बुधबार थाइल्यान्ड प्रस्थान गर्दै छ। मंगलबार नेपाल भलिबल संघले एक कार्यक्रमको आयोजना गरी अभ्यास गर्न जाने १८ खेलाडीसहित ४ पदाधिकारीलाई बिदाइ गरेको हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल तथा नेपाल भलिबल संघका पदाधिकारीले बिदाइ गरे।

चौतारा र मेलम्ची नगरपालिका फाइनलमा

सर्वाधिक पुरस्कार राशीको कालिकादेवी संस्थापक कप भलिबल प्रतियोगिताको फाइनलमा चौतारा साँगाचोकगढी नगरपालिका र मेलम्ची नगरपालिकाबीच उपाधि भिडन्त हुने भएको छ।

आयोजक र दोवा समाजलाई उपाधि

तेस्रो क्लबस्तरीय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि आयोजक पोखरा भलिबल ट्रेनिङ सेन्टर रातो र महिलातर्फको उपाधि दोवा समाजले हात पारेको छ।

पुलिसलाई प्रकाश स्मृति भलिबल

घरेलु पुरुष भलिबल प्रतियोगिताको सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिता नेपाल पुलिस क्लबले जितेको छ।

शिक्षक भलिबल शुक्रबारदेखि

जीवन ज्योति इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा प्रथम जीवन ज्योति कप अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

पुलिसलाई राष्ट्रिय महिला भलिबलको उपाधि

विभागीय टोली नेपाल पुलिस क्लबले सोमबार पोखरामा सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरस्थित ईन्द्र राज्यलक्ष्मी माविमा सोमबार सम्पन्न फाइनलमा न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा हराउँदै पुलिसले दोस्रोपटक यस प्रतियोगिताको उपाधि जितेको हो।

गण्डकी र न्युडायमण्डको विजयी सुरुआत

गण्डकी प्रदेश र न्यु डायमण्ड एकेडेमीले पोखरामा शनिबारदेखि सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

प्रकाश दाहालको स्मृतिमा भलिबल हुने

प्रतियोगितामा तीन विभागीयसहित बढीमा १० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विकास गुरुङले जानकारी गराए। एक टोलीले ३ विदेशी खेलाडी क्लबमा राख्न पाउने र तीनै जनाले एकै पटक कोर्टमा उत्रन पाउनेछन्।

किर्गिस्तानलाई सेन्ट्रल जोन भलिबल उपाधि

उज्बेकिस्तानको अपराजित यात्रालाई पूर्णविराम लगाउँदै किर्गिस्तानले नेपालमा सम्पन्न पाँचौं संस्करणको एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

इतिहासमै नेपालको खराब प्रदर्शन

सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको इतिहासमा नै खराब प्रदर्शन गरेको नेपाल घरेलु कोर्टमा लगातार दोस्रो पराजय भोग्दै एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालको खराब सुरुआत

एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ। ललिपुरस्थित आर्मी शारीरिक तथा तालिम प्रशिक्षण केन्द्रमा सोमबार भएको आफ्नो पहिलो खेलमा नेपाल किर्गिस्तानसँग ३–० सेटमा पराजित भएको हो।

एभिसी सेन्ट्रल जोनः नेपालको खराब सुरुवात, कीर्गिस्तानसँग पराजित

एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ। लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आज भएको उद्घाटन खेलमा नेपाल कीर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्