८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड प्रस्थान

काठमाडौं– नेपाली राष्ट्रिय महिला भलिबल टोली बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि आज थाइल्यान्ड प्रस्थान गरेको छ।

नेपालमा नै आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) र एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारी र केही अभ्यास खेलका लागि २२ सदस्यीय नेपाली टोली थाइल्याण्ड प्रस्थान गरेको हो।

बङ्गलादेशमा हुने सेन्ट्रल जोन आगामी कात्तिक २२ देखि २७ गतेसम्म हुनेछ भने साग मङ्सिर १५ देखि २४ गतेसम्म हुनेछ।

नेपाली टोलीले थाइल्यान्डको बैंककस्थित एफआइभिवी डेभलपमेन्ट सेन्टरमा प्रशिक्षणका साथै सातभन्दा बढी अभ्यास खेल खेल्ने नेपाल भलिबल सङ्घले जनाएको छ।

नेपाली टोलीमा अरुणा शाही (कप्तान) कमला पुन, प्रतिभा माली, सरस्वती चौधरी, सङ्गम महतो, निरुता ठगुन्ना, रेश्मा भण्डारी, जानकी भण्डारी, उषा भण्डारी, लक्ष्मी (सोफिया) पुन, हिरा केसी, उषा विष्ट र शान्ति थारु छन्। त्यसैगरी पुनम चन्द, सुनिता खड्का, शान्ति तामाङ, सलिना श्रेष्ठ र आरती सुवेदी छिन्।

टोलीको मुख्य प्रशिक्षकमा जगदिश भट्ट रहेका छन् भने प्रशिक्षक, सलिना श्रेष्ठ र भरत यादव तथा टिम व्यवस्थापकमा रीता कोइराला छन्।  रासस

प्रकाशित: २९ आश्विन २०७६ ०८:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App