बर्दिबासामा सडक खाना महोत्सव
विभिन्न थरिका परिकारको स्वाद एकै ठाउँमा दिन महोत्सव आयोजना गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले जनाएको छ।
विभिन्न थरिका परिकारको स्वाद एकै ठाउँमा दिन महोत्सव आयोजना गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले जनाएको छ।
सधैँ मङ्सिरको सुरुआतसँगै हिमपात हुने जिल्लामा यस वर्ष फागुन लागिसक्दा समेत वर्षात् तथा हिमपातको सम्भावना देखिँदैन। मौसम खुल्दै गएको छ भने तापक्रमसमेत वृद्धि हुँदै गएको हावापानी मापन केन्द्र सल्लेरीले जनाएको छ।
कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ।
पर्यटन व्यवसायीका अनुसार सन् २००० ताका पोखरामा आन्तरिक पाहुनाको हिस्सा करिब पाँच प्रतिशत मात्र थियो। अहिले त्यो हिस्सा ३५ प्रतिशत नाघिसकेको छ।
पर्यटन क्षेत्रले वैदेशिक मुद्रा आयततमा अर्थपूर्ण योगदान गरेकाले निकासी उद्योग जस्तै पर्यटन उद्योगलाई पनि प्रोत्साहन रकम दिने गरी कानुन संशोधन हुनुपर्ने तर्क व्यवसायीको छ ।
पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन्।
पर्यटन बोर्डको अनुसार सन् २०१९ को अक्टोबर महिनामा १ लाख १३ हजार संख्यामा पर्यटकहरू नेपाल भित्रिएका थिए।
पोखरेली पर्यटन व्यवसायी चिनियाँ पाहुनाबाट ठुलो अपेक्षा गर्छन्। कोरोना भाइरस संक्रमण सुरु हुनुअघि भित्रिएका ठुलो आकारका चिनियाँ पाहुनाका कारण पर्यटन क्षेत्रमा निकै राहत मिलेको थियो।
गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ।
मुलुकमा आउने पर्यटक संख्यात्मक रूपमा वृद्धि भए पनि पर्यटकीय गतिविधि बढ्न नसक्दा पर्यटन व्यवसायी मर्कामा परेका छन्। कोभिडपछि देशमा भित्रिएका पर्यटकले सोचेअनुरूप खर्च नगर्दा व्यवसायीहरू मर्कामा परेका हुन्।
अहिले पर्यटकीय सिजन सुरु भइसकेको छ। पर्यटन व्यवसायीले फेब्रुअरी–अप्रिललाई पर्यटन क्षेत्रमा दोश्रो सिजन मान्छन्।
कोरोना भाइरस संक्रमण कमजोर हुँदै जाँदा अरु मुलुकका पाहुना नेपाल भित्रिन थालेपनि छिमेकी मुलुक चीनका पर्यटक भने अझै पनि भित्रिन पाएका छैनन। भारतीय पाहुनाका लागि नेपाल घुमघाममा कुनै रोकतोक नरहेपनि चिनियाँ पाहुनाका लागि भने चीनले नै फुकुवा गरेको छैन। जसले गर्दा पर्यटन व्यवसायी चिन्तित छन।
पर्यटन व्यवसायीहरुले घाँटीमाथि तरवार राखेर व्यवसाय गरिरहनुपरेको गुनासो गरेका छन्।
कोरोना संक्रमणपछि पर्यटन पूर्ववत अवस्थामा फर्किन सकेको छैन। विदेशीको आगमन पिक सिजनमा पनि उकालो लाग्न सकेको छैन। आन्तरिक पाहुनाको आगमनले पर्यटन क्षेत्र केही चलायमान जस्तो मात्र देखिएको व्यवसायीले बताएका छन्। आन्तरिक पाहुनाका कारण पर्यटन क्षेत्रमा देखिएको चलायमानलाई व्यवसायीले ‘मौसमी भीडभाड’ भन्ने गरेका छन्।