४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘पहिलो दिन बारिनँ’

पूर्वमिस नेपाल सुगारिका केसीले आफ्नो जन्मसँग जोडिएको नमीठो अनुभव सुनाएकी थिइन्। डाक्टरले उनकी आमालाई लक्ष्मीपूजाको दिन अपरेसन गर्ने डेट दिएको रहेछ। भाइटीका थुनिन्छ भनेर दुई दिन पछाडि सारेर अपरेसन गरिएछ। उनले आफू जन्मन पनि दुई पछाडि सारिएको घटना सुनाउँदा मेरो मन चसक्क भएको थियो।

सन्तानकाे दीर्घायुका लागि ‘जिउतिया’

कुल खन्दानभित्र परलोक भएका महिला पुर्वजहरुको सम्झनामा मनाइने ‘जिउतिया’ अर्थात ‘जीवितपुत्रिका व्रतु आइतबार आस्थापूर्वक मनाइएको छ। सन्तुख, समृद्धि र रक्षाको कामनासाथ परलोकका मातृहरुलाई स्मरण गर्दै मनाइने जिउतीय मातृहरुको आत्माको शान्ति र सम्मानमा मनाइने जिउतीया पितृपक्षभित्र महिलाहरुद्वारा मनाइने एउटा पर्व हो।

‘गुफाबाट भागेर खेल्न गएँ’

पहिलोपटक महिनावारी हुँदा म १० वर्षकी थिएँ। सुरुमा खुन देखा मात्र परेको रहेछ। त्यसरी खुन आउँछ भन्ने मलाई थाहा रहेनछ। त्यसैले थोरै आएको खुनमा मैले हेक्का राखिनँ।

छोराको आसमा १२ सन्तान

ताँजकोट गाउँपालिका–२, कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन्। ३५ वर्ष पुगिसकेकी उनले १२ सन्तान गर्भमा राखिन्। सात छोरीको जन्मदिएकी उनले ज्यान जोखिममा पारेर पाँच पटक गर्भपतन गरिन्।

‘नौ कक्षाको परीक्षा छुट्यो’

पहिलो महिनावारी हुँदा म विद्यालय गएकी थिएँ, नौ कक्षाको अर्धवार्षिक परीक्षा चलेको थियो। महिनावारी भएपछि छिटै कापी बुझाएर डेरा फर्कें। त्यो समय मेरो दाजु देवेन्द्र र दिदी आरती पाल्पा साइन्स क्याम्पस आइएससी पढ्दै हुनुहुन्थ्यो, म जनता माविमा कक्षा ९ मा अध्यनरत थिएँ, यो ०४५ सालको कुरा हो।

छोरा जन्माउने आशमा १३ सन्तान

'समाजमा छोरा नजन्माउने हो भने पहिले मेलापात, सहयोग आदानप्रदान केही पनि चल्थेन, आफ्ना लागि त छोरी भएपछि चित्त बुझाएकै थिए तर समाजकै लागि छोराकै आशै आशामा १३ सन्तानको जन्म दिएको हुँ।'

सन्तान छान्ने अवसर

मानौँ, तपाईंका अभिभावकलाई चिनी रोग लागेको छ। यस्तो अवस्थामा तपाईंलाई पनि चिनी रोग लाग्ने सम्भावना बढेर जान्छ। यस्तै कतिपय जेनेटिक रोगहरु सिकलसेल–एनेमिया (रक्तअल्पता) र होमियोफिलियाजस्ता रोगहरु, जसको कुनै उपचार अहिलेसम्म उपलब्ध छैन, तिनलाई सुरुमै क्रिस्पर उपचार पद्धतिबाट शुद्धीकरण गर्दै सन्तान जन्माउन सकिन्छ।

मातातीर्थ औंसीमा सन्तानको पखाई

भक्तपुरकी कल्पना कुमार शनिबार आमाको मुख हेर्ने दिनभर छोराछोरीले आप्mनो पनि मुख हेर्न आउलान् कि भनेर कुरेर बसिन्। तर रातिसम्म पनि कुनै छोराछोरीले मुख हेर्न आइनन्। कल्पना भन्छिन्, ‘आज सबैजनाले आमाको मुख हेर्ने गर्छन्। त्यसैले मैले पनि मेरी छोरीलाई कुरेको हुँ।’ छोरी जन्मेपछि श्रीमान्ले अर्को श्रीमती ल्याएको र आफू एक्ली भएको उनी सुनाउँछिन्। त्यसपछि श्रीमान्को दिने पीडा सहन नसकेर घर छोडेको उनी बताउँछिन्। कल्पना दुःखी हुँदै भन्छिन्, ‘श्रीमानले एक तलामाथिबाट खसाले। खुट्टा पनि भाँचियो।’ लगनखेलको सडकमा बास भइरहेको उनलाई मानव कल्याण समाज (सेवा घर) मा ल्याइएको हो। अहिले यही सेवा घरमा असहायहरुलाई खाना बनाएर खुबाउने गरेकी छिन्।

रोकिएन मुगुमा बालविवाह : ३२ वर्षको उमेरमा ७ सन्तान

छायानाथ रारा नगरपालिका ३ साँयाखोलाकी २५ वर्षीया ईश्वरमाया कामी २५ वर्षकी भइन्। उनको १६ वर्षको उमेरमा बिहे भएको हो। विपन्न परिवारकी उनी ६ बच्चाकी आमा भइसकिन्। उमेर २५ वर्षको भए पनि उनको शरीर ४० वर्षकी महिलाको जस्तै देखिन थालिसक्यो। उनका पति ज्याला मजदुरी गर्छन् भने उनी बच्चा बोकेरै भए पनि गिट्टी कुट्ने काम गर्छिन्। कामी मात्र होइन, किशोरावस्थामै आमा बन्ने किशोरी मुगुमा थुप्रै छन्। दशकअघि बालविवाहको चरम रुप देखिने मुगुमा यो संख्या अझै उस्तै छ।

सन्तानकै कारण पुनर्विवाह रोज्दैनन् ‘एकल महिला’

मानेभन्ज्याङ गाउँपालिका–३ उबुँकी पुतलीमाया राईको १६ वर्षको उमेरमा विवाह भयो। २५ वर्षकी उनी अहिले ‘एकल महिला’ हुन्। चार वर्षअघि उनका पतिको निधन भएको थियो। पतिको निधन हुँदा उनको छोरो १६ महिनाको थियो। अहिले साढे पाँच वर्षीय छोराको हेरचाह र घरको काम गरेर दिनचर्या बिताउँदै आइरहेकी उनलाई परिवारजनको माया र साथ छ। तर उनलाई एक्लोपनको महसुस हुन्छ, हरक्षण जीवनसाथीको अभाव खड्किरहन्छ।

१७ वर्ष नपुग्दै दुई सन्तान

जिल्लाको सर्केगार्ड गाउँपालिका–३ उनापानीकी मनमती सार्की भर्खर १७ वर्षमा लागिन्। उनी दुई सन्तानकी आमा हुन्। पहिलो सन्तान जन्माउँदा उनी १४ वर्षकी मात्र थिइन्। उनका तीन वर्षका छोरा र ६ महिनाकी छोरी छन्।

विदेशको कमाइले सन्तानलाई अंग्रेजी शिक्षा

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खाका लक्ष्मी पौडेल वैदेशिक रोजगारीका सिलसिलामा अहिले कोरियामा छन्। विदेशमा पसिना बगाएर कमाएको पैसाले उनले श्रीमती मुनाका साथमा छोरी कुसुमलाई दिक्तेल(पुरानो सदरमुकाम)मा राखेर बोर्डिङ स्कुलमा पढाइरहेका छन्।

मैले नजन्माएका सन्तान

कस्तो अनौठो ! मेरी छोरी एलिस १२ वर्षकी नहुञ्जेल उसलाई जन्माउने आमा जेसिका, जसलाई म प्रेमपूर्वक जेस भन्न थालेँ, उसलाई मैले फेला पारेको थिइनँ । कुरा बुझ्नु भएन ? खुलस्त पार्न भनेरै यो लेखिरहेको छु ।

मैले नजन्माएका सन्तान

कस्तो अनौठो ! मेरी छोरी एलिस १२ वर्षकी नहुञ्जेल उसलाई जन्माउने आमा जेसिका, जसलाई म प्रेमपूर्वक जेस भन्न थालेँ, उसलाई मैले फेला पारेको थिइनँ । कुरा बुझ्नु भएन ? खुलस्त पार्न भनेरै यो लेखिरहेको छु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्