१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml

चुनाव बिथोलिने सम्भावना छैन, प्रधानमन्त्रीको भूमिका प्रशंसनीय: विश्लेषक बराल

वरिष्ठ राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बरालले आसन्न निर्वाचन बिथोलिने कुनै सम्भावना नरहेको बताएका छन्।

विमानस्थलबाट स्वीडिस महिला पक्राउ

पक्राउ परेकी निज स्वीडिस नागरिकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको सूचना अधिकारी नेउपानेले बताए।

ओलीलाई झापामा गाउँ नै उपहार: बार्हसुदीका ४०० मतदाता एमाले प्रवेश

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई झापामा एक सिङ्गो गाउँ नै पार्टीमा समाहित गराएर उपहार दिइएको छ।

खड्काका चुनावी बाचा: सडक पूर्वाधारदेखि उद्यमशीलता कोष स्थापना

नेपाली कांग्रेसबाट सुर्खेत क्षेत्र नम्वर–१ का उम्मेदवार बिष्णुबहादुर खड्काले चुनावी बाचापत्र सार्वजनिक गरेका छन् ।

निर्वाचन प्रभावित पार्न लेनदेन गरेको भेटिए एक वर्षसम्म कैद !

मतदातालाई कुनै पनि तरिकाले प्रभावित नगर्न आग्रह गर्दै त्यसो गरेको भेटिए ५० हजार रुपैयाँ वा एक वर्षसम्म कैद वा दुवै हुने आयोगले जनाएको छ।

साम्बाको उपचारका लागि डोभले गर्‍यो १५ लाख रुपैयाँ सहयोग

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी अग्रपङ्क्तिकी खेलाडी सावित्रा ‘साम्बा’ भण्डारी गम्भीर घुँडाको चोटपछि उपचार तथा स्वास्थ्य सुधारको लागि तयारी गरिरहनु भएको छ।

काठमाडौंबाट आएर मधेसको बेटा हुँ भन्नेलाई ठाउँकाे ठाउँ रोक्नुस्: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं छाडेर मधेसमा चुनाव लड्न आउने पर्यटक उम्मेदवारलाई ठाउँको ठाउँ रोक्न मतदाता समक्ष अपिल गरेका छन्।

ग्यालेक्सी अनप्याक्डमा नवीनतम इनोभेसनको प्रदर्शन: २५ फेब्रुअरी २०२६ मा प्रत्यक्ष स्ट्रिमिङ

यो अत्यन्तै प्रतीक्षित कार्यक्रम २५ फेब्रुअरी २०२६ मा राति ११:४५ बजे (आजराति) विश्वव्यापी प्रत्यक्ष स्ट्रिमिङ मार्फत हेर्न सकिनेछ।

काठमाडौंका ३१ उम्मेदवारले खोलेनन् बैंक खाता

निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने भनी आयोगले यसअघि पनि निर्देशन दिँदै आएको छ। पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट सहयोग लिने र खर्च गर्नुपर्ने आयोगले जारी गरेको ६३ बुँदे निर्देशनमा उल्लेख छ।

चुनाव आयो तर मुसहर बस्तीमा न नेता छिरे, न त भोट हाल्न सिकाइयो !

जिल्लामा कुल मतदाता सङ्ख्या १ लाख ४९ हजार ६२१ रहेको छ भने यस निर्वाचनमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। उम्मेदवारहरू चुनावी प्रचारमा सक्रिय देखिए पनि मुसहर बस्तीमा भने प्रत्यक्ष भेटघाट र घरदैलो कार्यक्रम विगतमा जस्तो हुन नसकेको उनले बताइन्।

आयोगमा आचारसंहिता उल्लंघनका २५४ उजुरी

निर्वाचन निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउन आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको जनाएको छ।

कांग्रेस कार्यकर्तामा छैन उत्साह

अघिल्ला प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उमाकान्त चौधरी उम्मेदवार हुँदा उनी दिनरात मत माग्न खटिने कार्यकर्तामध्येका एक थिए।

सेनाले कसरी गर्दैछ निर्वाचन सुरक्षा व्यवस्थापन?

निर्वाचनको समयमा तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्नुका साथै निर्वाचन सम्पन्न भएपश्चात् अन्य सुरक्षा निकाय, निर्वाचन अधिकृतलगायत दलका प्रतिनिधिसहितको एकीकृत टोलीले सुरक्षा प्रदान गरी मतपेटिकालाई मतगणना स्थलसम्म पुर्‍याउने काम हुँदै आएको छ।

निर्वाचनका दिन गाडी चलाउन अनुमति लिनुपर्ने

सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट र काठमाडौंमा आयोगबाट कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

निर्वाचन आचारसंहिता प्रभावकारी बनाउन भूमिका खेल्ने

ताप्लेजुङका सञ्चारकर्मीले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा आफू पनि प्रतिबद्ध रहने र सरोकारवाला पक्षलाई पनि पालनाका लागि प्रतिबद्ध बनाउन सक्रिय भूमिका खेल्ने निष्कर्ष निकालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्