१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

स्वर्णपदक विजेता खेलाडी भन्छन्: देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ

गण्डकी प्रदेशको गोरखाका उनी दश वर्षदेखि आर्मीमा आबद्ध छन्। यसैले विभागीय टोलीबाट प्रतियोगिता खेले। उनले ३२ वर्ष पूरानो कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाउन सफल हुँदा मैदानमा जति खुसी हुन्थे, यसरी ठूला प्रतियोगिता अब कहिले खेल्न पाइन्छ भन्ने चिन्तासँगै उनीमा थियो।

नवौँ राष्ट्रिय खेलकुद: १८५ पदकसहित आर्मी शीर्ष स्थानमा

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ।

पुरुष भलिबलः सेमिफाइनल समिकरण पूरा

क्वाटरफाईनल खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर एकलाई हराउँदै अन्तिम चारमा स्थान बनाउँदा पुरुष भलिबलमा सेमिफाइनल समिकरण पूरा भएको हो।

नवौँ राष्ट्रिय खेलकुद: गण्डकीलाई पराजित गर्दै आर्मी फुटबलको फाइनलमा

आर्मीले लिग चरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको हो।

क्रिकेटको डेब्यु खेलमा नै पुलिसको एतिहासिक स्वर्ण

एपीएफका लागि रोमा थापाले सर्वाधिक २६ रनको योगदान दिइन भने राजमती ऐरीले अविजित १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

नवौँ राष्ट्रिय खेलकुद: आईटीएफ तेक्वान्दोतर्फ १९ स्वर्ण पदकको छिनोफानो

यस्तै महिला एकल स्पाइरिङतर्फ नै ९४०–४५० किलो तौल समूहमा गण्डकी प्रदेशकी सुनिता भण्डारीले स्वर्ण, बागमतीकी सुस्मिता तामाङले रजत तथा पुलिस क्लबकी मनिषा घर्तीमगर र एपिएफ क्लबकी लिलाकुमारी सापकोटाले कास्य पदक प्राप्त गरेका छन्।

महिला क्रिकेटमा बागमती प्रदेशले कास्य जित्यो

पोखरा रङ्गशालामा तेस्रो स्थानको लागि आज भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै कास्य पदक जितेको हो।

महिला भलिबल: विभागीय टोली एपीएफ र पुलिस फाइनलमा भिड्ने

मंगलबार भएको सेमिफाइनल खेलबाट शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल प्रहरीको पुलिस क्लब फाइनलमा प्रवेश गरेका हुन्

साइक्लिङमा आर्मी र एपीएफलाई एक-एक स्वर्ण

आज (मंगलबार) भएको साइक्लिङ प्रतियोगिताको इन्डिभिज्युल टाइम ट्रयाल विधामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लवले एक/एक स्वर्ण पदक जितेका छन्। आर्मीले महिलातर्फ र एपीएफले पुरुषतर्फको स्वर्ण पदक जितेको हो।

सफ्ट टेनिसमा प्रहरी र एपीएफलाई एक/एक स्वर्ण

पोखरामा जारी प्रतियोगितामा मंगलबार भएको सफ्ट टेनिसको डबल्सतर्फका खेलमा प्रहरी र एपीएफले एक/एक स्वर्ण पदक जितेका हुन्। पुरुष युगल तर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जिते।

म्याराथनमा गण्डकीका अनिसलाई स्वर्ण

पोखरा रंगशालामा मंगलवार भएको प्रतिस्पर्धामा अनिशले निर्धारित दूरी २ घण्टा २२ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए।

आइटिएफमा एक नं प्रदेशलाई पहिलो स्वर्ण, मधेश र सुदुरपश्चिम पदकविहीन

यसअघिका खेलमा उसले दुई वटा कास्य पदक जितेको थियो। मङ्गलबार नै भएको ४२–४५ किलो तौल समूहबाट महिला स्पाइरिङमा गण्डकी प्रदेशकी सुनिता भण्डारीले स्वर्ण जितिन् भने बागमती प्रदेशकी सुस्मिता तामाङ रजतमा सीमित बनिन्।

कुस्तीमा एपीएफलाई ९, सुदूरपश्चिमलाई ५, मधेश प्रदेशलाई ३ स्वर्ण

पूर्वी नवलपरासी (नवलपुर)मा २० स्वर्ण पदकका लागि भएको कुस्ती प्रतियोगितामा एपीएफले पुरुषतर्फ ४ र महिलातर्फ ५ गरी कुल ९ स्वर्ण पदक जितेको हो। कुस्तीमा महिला र पुरुष दुबैतर्फ १०/१० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।

भारोत्तोलनमा जुनमायालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा नयाँ राष्ट्रिय रेकर्ड कायम गर्नुका साथै स्वर्ण पदक पनि जितेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्