१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

भारोत्तोलनमा जुनमायालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

नेपाल प्रहरीकी जुनमाया छन्त्यालले भारत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय रेकर्ड कायम गरेकी छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा नयाँ राष्ट्रिय रेकर्ड कायम गर्नुका साथै स्वर्ण पदक पनि जितेकी छन्। जुनमायाले स्न्याचतर्फ ७८ केजी भार बहन गर्दै आफ्नै रेकर्ड भंग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कुल १६७ केजी उठाउँदै स्वर्ण जितेकी हुन्।

यस्तै, एपिएफकी सरिता लामाले स्न्याचमा ५२ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११७ केजी बहन गर्दै रजत पदक जितिन्। नेपाल प्रहरीकी सरस्वती पुरीले कुल ११५ केजी भार बहन गर्दै कास्य पदक जितिन्। उनले स्न्याचमा ५० र क्लीन एण्ड जर्कमा ६५ केजी भार उठाएकी हुन्।

यसैगरी, मंगलबार नै सम्पन्न महिला ६४ केजीतर्फ नेपाल आर्मीले स्वर्ण जित्यो। आर्मीकी शारदा चौधरीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४७ केजी भार बहन गर्दै आर्मीलाई चौंथो स्वर्ण दिलाएकी हुन्।

यस्तै, नेपाल पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२८ केजी भार गर्दै रजत पदक जितिन् भने नेपाल आर्मीकी प्रशंसा पुनले कास्य जितिन्। उनले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११८ केजी भार गरेकी हुन्।

प्रतियोगितामा मंगलबार कुल ६ स्वर्णको छिनोफानो हुँदैछ। हालसम्मको नतिजामा पुलिस पदक तालिकाको शीर्ष स्थानमा छ। पुलिसले हालसम्म ५ स्वर्ण, आर्मीले ४ र सुदूरश्चिमले १ स्वर्ण जितिसकेका छन्।

कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल हुनेछ। प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भारत्तोलनतर्फ २० स्वर्णसहित कुल ६० पदकको लागि प्रतिस्पर्धा भइरहेको नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १ कार्तिक २०७९ ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App