१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

म्याराथनमा गण्डकीका अनिसलाई स्वर्ण

एथलेटिक्स म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिस थापामगरले स्वर्ण पदक जितेका छन्।

पोखरा रंगशालामा मंगलबार भएको प्रतिस्पर्धामा अनिशले निर्धारित दूरी २ घण्टा २२ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए।

त्रिभूवन आर्मी क्लवका कृष्ण बस्नेतले रजत पदक जिते। उनले २ घण्टा २३ मिनेट १४ सेकेण्डमा पूरा गरे। सशस्त्र प्रहरी बल एपीएफका सन्तोसविक्रम बिष्टले २ घण्टा ३० मिनेट ५४ ले दूरी पूरा गर्दै कास्य पदक जिते। राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको पहिलो रेकर्ड हो।

प्रकाशित: १ कार्तिक २०७९ १०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App