१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

आइटिएफमा एक नं प्रदेशलाई पहिलो स्वर्ण, मधेश र सुदुरपश्चिम पदकविहीन

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा एक नं प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ।  

मङ्गलबार भएको ५१–५५ किलो तौल समूहको महिला स्पाइरिङमा सो प्रदेशकी कुसुम राजवंशीले स्वर्ण पदक जितेकी हुन् । उनीसँग पराजित गण्डकी प्रदेशकी हिसिला अडाइले रजत पदक पाइन्। विभागीय टिम नेपाल आर्मीकी रीना धिमाल र सशत्र प्रहरी बलकी सन्जनाकुमारी चौधरीले कास्य पदक जितिन्।

प्रतियोगिताको चौँथो दिनमा एक नं प्रदेश स्वर्ण हात पार्न सफल भएको हो । यसअघिका खेलमा उसले दुई वटा कास्य पदक जितेको थियो। मङ्गलबार नै भएको ४२–४५ किलो तौल समूहबाट महिला स्पाइरिङमा गण्डकी प्रदेशकी सुनिता भण्डारीले स्वर्ण जितिन् भने बागमती प्रदेशकी सुस्मिता तामाङ रजतमा सीमित बनिन्।

नेपाल पुलिसकी मनिषा घर्तीमगर र सशत्र प्रहरी बलकी लिलाकुमारी सापकोटाले कास्यमा चित्त बुझाइन्। जारी प्रतियोगितामा मधेश र सुदुरपश्चिम प्रदेशले अहिलेसम्म कुनै पदक पाउन सकेको छैन। मिडिया संयोजक पुकार केसीका अनुसार प्रतियोगितामा आठ स्वर्ण, चार रजत र एक कास्यसहित विभागी टिम नेपाल आर्मी शीर्षस्थानमा छ।

दोस्रो स्थानमा रहेको बागमती प्रदेशले पाँच स्वर्ण र चार रजत पदक हात पारेको छ। चार स्वर्ण र पाँच रजतसहित गण्डकी प्रदेश तेस्रो स्थानमा छ। कर्णाली प्रदेशकले एक रजत र एक कास्य पदक मात्र जितेको छ। अहिलेसम्मका खेलमा विभागीय टिम नेपाल पुलिस एउटा कास्यमा सीमित छ।  

लुम्बिनी प्रदेशले चार रजत र चार कास्य तथा विभागीय टिम सशत्र प्रहरी बलले एक रजत र तीन कास्य पदक जितेको छ। बुधबारसम्म चल्ने प्रतियोगिताअन्तर्गत हालसम्म ४६ पदकको टुङ्गो लागेको आइटिएफ नेपालका महासचिव अञ्जु रावतले जानकारी दिए। रासस

प्रकाशित: १ कार्तिक २०७९ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App