७ वैशाख २०८१ शुक्रबार
खेल

कुस्तीमा एपीएफलाई ९, सुदूरपश्चिमलाई ५, मधेश प्रदेशलाई ३ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको कुस्ती प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ९ वटा स्वर्ण पदक जितेको छ।

पूर्वी नवलपरासी (नवलपुर)मा २० स्वर्ण पदकका लागि भएको कुस्ती प्रतियोगितामा एपीएफले पुरुषतर्फ ४ र महिलातर्फ ५ गरी कुल ९ स्वर्ण पदक जितेको हो। कुस्तीमा महिला र पुरुष दुबैतर्फ १०/१० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।

पुरुषतर्फको खेलमा एपीएफले चार वटा स्वर्ण पदक जित्दा मधेश प्रदेशले ३ स्वर्ण, विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी र लुम्बिनी प्रदेशले १/१ स्वर्ण पदक जितेका छन्। विभागीय टिम एपीएफका लागी ५७ केजी तौल समूहमा कुन्दन शाह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जिते।

कुस्तीमा मधेस प्रदेशका लागी ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण हात जित्दा विभागिय टिम नेपाली सेनाका लागी ७४ केजी तौल समूहमा सुरेश चुनार र ९७ केजी तौल समूहमा नेपाल प्रहरीका सुमिर शाहले स्वर्ण पदक हात पारे।

त्यस्तै, लुम्बिनी प्रदेशका लागी ९२ केजी तौल समूहमा रमेश गोतामेले स्वर्ण पदक हात पारे। कुस्तीको महिलातर्फका स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदुर पश्चिम प्रदेशले मात्र जितेका छन्। नेपाली नेपाल आर्मी र सुदुर पश्चिम प्रदेशले समान पाँच/पाँच वटा स्वर्ण पदक जितेका हुन्।

विभागीय टिम नेपाली सेनाका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशिला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते।

त्यस्तै, सुदुरपश्चिम प्रदेशका लागी ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५  केजी तौल समूहमा संगिता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जिते।

कुस्ती खेल कावासोती–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको थियो। ७ प्रदेश र तीन विभागीय टिम सशस्त्र, आर्मी, पुलिस गरी कुस्तीमा १० वटा टिमको सहभागीता रहेको थियो।

प्रकाशित: १ कार्तिक २०७९ ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App