१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

साइक्लिङमा आर्मी र एपीएफलाई एक-एक स्वर्ण

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (मंगलबार) भएको साइक्लिङ प्रतियोगिताको इन्डिभिज्युल टाइम ट्रयाल विधामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लवले एक/एक स्वर्ण पदक जितेका छन्। आर्मीले महिलातर्फ र एपीएफले पुरुषतर्फको स्वर्ण पदक जितेको हो।

पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको महिला इन्डिभिज्युल टाइम ट्रयाल विधातर्फको फाइनल खेलमा २० किलोमिटरको दुरी ३८ मिनेट ३१ सेकेण्ड ४१० मिलिसेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जितिन्।

उक्त दूरी ४२ मिनेट २० सेकेण्ड ८८६ मिलिसेकेण्डमा पुरा गर्दै एपीएफकी हुमी बुढामगरले रजत पदक जितेकी छिन्। त्यसैगरी ४२ मिनेट ५५ सेकेण्ड ९६२ मिलिसेकेण्डमा दूरीी पुरा गर्दै नेपाल आर्मीकै मञ्जुकुमारी खड्काले कास्य पदक जितिन्।

आजै भएको पुरुषतर्फको इन्डिभिज्युल टाइम ट्रयाल साइक्लिङमा एपीएफले स्वर्ण र कास्य तथा नेपाल आर्मीले रजत पदक जितेका छन्। २० किलोमिटरको दुरी ३४ मिनेट ०४ सेकेण्ड ३०९ मिलिसेकेण्डमा पुरा गर्दै एपीएफका सुरज रानामगरले स्वर्ण पदक जितेका हुन्।

त्यस्तै नेपाल आर्मीका हिमाल टमाटाले उक्त दुरी ३६ मिनेट ४५ सेकेण्ड ४१९ मिलिसेकेण्डमा पुरा गर्दै रजत पदक जिते। त्यसैगरी ३६ मिनेट ५० सेकेण्ड ४४६ मिलिसेकेण्डमा दुरी पुरा गर्दै एपीएफकै लक्ष्मण मल्लले कास्य पदक जिते।

सात प्रदेश र तीन विभागिय गरी दश टिमको प्रतिस्पर्धा रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री र इन्डिभिज्युल टाइम ट्रयाल विधा सकिएको छ। अब भोलि (बुधबार) रोड रेस मास स्टार्ट विधा पोखराको हेमजामा हुनेछ। साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरी ८÷८ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा हुनेछन्।

प्रकाशित: १ कार्तिक २०७९ ११:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App