७ आश्विन २०८१ सोमबार
image/svg+xml

अमेरिकी सांसद टोली नेपालमा

अमेरिकी सांसद तथा एसिया, प्रशान्त एवं परमाणु अप्रसार उप–समितिका(एचएफएसी) अध्यक्ष एमी बेराको नेतृत्वमा दुई दलीय अमेरिकी संसदीय टोलीले बिहीबार नेपाल भ्रमणमा आइपुगेका छन्।

कश्मीर मामलाकी आलोचक बेलायती सांसदलाई दिल्ली विमानस्थलमा रोक

भारतले बेलायती सांसदलाई विमानस्थलमा रोकेको छ। लेबर पार्टीकी सांसद डेबी अब्राहम्सलाई भिसा दद्ध भएको भन्दै दिल्ली विमानस्थलमा रोक लगाएको हो।

कांग्रेस सांसदको सरकारलाई प्रश्न : यतीसँग सती जानुको कारण के हो ?

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले 'यती आतंक' राष्ट्रकै लागि लज्जा भएको बताएकी छन्। संसद बैठकमा बोल्दै उनले यतीसँग सती जानुको कारण के हो ? भन्दै सरकारलाई प्रश्न गरिन्।

सभामुख र सांसदबीच दोहोरी

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई बोल्न समय नदिएपछि सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूबीच दोहोरी चलेको छ।

सांसदले सरकारलाई व्यंग्य गर्दै सोधे : 'सत्ता टिकाउन, विदेशी डलर पाउन आफै किन बिक्छौ?'

समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य रामप्रित पासवानले चीनबाट फैलिएको कोरोना भाईरस भन्दा पनि खतरनाक भ्रष्टाचार नामको भाईरस नेपालमा फैलिएको भन्दै त्यस तर्फ चिन्ता गर्न सरकारलाई सचेत गराएका छन्।

राजधानी र नाम तोक्न सकेन, स्थापना दिवसमा ३४ जना सांसद

प्रदेश न. ५ प्रदेशसभाले मंगलबार दोस्रो स्थापना दिवस मनायो । २०७४ साल माघ २१ गतेका दिन पहिलो बैठक बसेको थियो । त्यहि दिनलाई गत वर्षदेखि प्रदेशसभाले स्थापना दिवसका रुपमा मनाउन थालेको हो । दुई वर्षसम्म पनि प्रदेशको नामाकरण र स्थायी केन्द्र तोक्न नसकेकोमा प्रदेशसभाको निकै आलोचना भएको छ ।

सांसदले गरे बजेट सार्वजनिक

कर्णाली प्रदेश सरकारबाट आफ्नो निर्वाचन क्षेत्रमा आएको बजेट र प्रदेशसभा क्षेत्रको पूर्वाधार विकास कार्यक्रमबारे प्रदेश सभा सदस्य शुसिलकुमार थापाले जनतासामु सार्वजनिकरण गरेका छन्। सासद थापाले दुल्लु नगरपालिकाको प्रमुख बजार किर्तीखम्वा नजिक पत्रकार, स्थानीय जनता माझ प्रदेश सरकार मार्फत आएको प्रत्येक योजनाहरु सुनाएर सार्वजनिक गरेका हुन्।

ट्रेड यूनियन गठन सम्बन्धमा सांसदहरुबीच देखियो मतान्तर

कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन गठन गर्न दिने या नदिने भन्ने सम्बन्धमा संघीय संसद प्रतिनिधि सभाको राज्य व्यवस्था सुशासन समितिका सांसदहरुबीच मतान्तर देखिएको छ।

प्रमुख प्रतिपक्षी दलका नेता पोखरेलको निधन

प्रदेश नं ५ प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा आज निधन भएको छ। विगत एक वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पोखरेलको रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ खैरियास्थित आफ्नै निवासमा अपराह्न साढे १ बजे निधन भएको हो।

फोन टावर निर्माण व्यवसायीले टेरेनन् सांसद र सिडिओलाई

जाजरकोटका विभिन्न स्थानमा नेपाल टेलिकमको टेलिफोन टावर निर्माणको जिम्मा लिएको एक भारतीय कम्पनीका निर्माण व्यवसायीहरुले यहाँका जनप्रतिनिधि र स्थानीय प्रशासनलाई नटेरेको पाइएको छ। दुई वर्षअघि जिल्लाका विभिन्न ६ वटा स्थानहरुमा टेलिफोन टावर निर्माणको जिम्मा लिएको भारतीय कम्पनी एमएस अस्टर प्रालिका प्रतिनिधिहरुले जिल्लाका जनप्रतिनिधि र स्थानीय प्रशासनसंग गरेको दुई पटकका लिखित बाचाहरु समेत वेवास्ता गर्दै टावर निर्माणको काम समयमै पूरा नगरेका हुन्।

विधायन समितिमा सांसदले भने : मिडिया काउन्सिल विधेयक सच्याउनु पर्छ

सांसदहरुले स्वायत्त, स्वतन्त्र र स्वनियम सहितको मिडिया काउन्सिल विधेयक हुनुपर्ने बताएका छन्। संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा सांसदहरुले विधेयकको प्रस्तावनामा सच्याई स्वायत्व, स्वतन्त्र र स्वनियम सहितको व्यवस्था राख्नुपर्ने बताएका हुन्।

भ्रष्टाचार आरोपमा पूर्वसांसद यादवलाई मुद्दा

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा पूर्वसांसद सहित ६ जनामाथि मुद्दा दायर गरेको छ।

प्रहरी चौकी अन्यत्र नसार्न सांसदको माग

प्रतिनिधिसभा सांसद बिशाल भट्टराईले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित प्रहरी चौकीलाई यथास्थानमा राख्न माग गरेका छन्। मंगलबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन–पत्र बुझाउँदै प्रतिनिधिसभा सांसद भट्टराईले २०२१ सालमा स्थापना गरिएको प्रहरी चौकीलाई अन्यत्र नसार्न माग गरेका हुन्।

नेकपा सांसदद्वारा पार्टी निर्णयविरुद्ध जाने चेतावनी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सांसदहरूले सचिवालयकै निर्देशनको उल्लंघन गर्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितले स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्न दिएको निर्देशनको विपक्षमा जाने दाबी नेकपाकै अधिकांश सांसदले गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्