१७ असार २०८१ सोमबार
image/svg+xml

रुस-युक्रेन युद्धको पाठ

रुसले युक्रेनविरुद्ध पूर्ण रूपमा आक्रमण गरेको एक वर्ष पूरा भए पनि युद्ध अन्त्यको सम्भावना तत्काल नदेखिनु दुःखद छ।

म्यान्मा हिंसा र युक्रेन युद्धबारे आसियान बैठकमा बहस हुँदै

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी अहिले एसिया–प्रशान्त क्षेत्रको भ्रमणमा छिन्। उनले ताइवानको भ्रमण गर्ने सम्भावना पनि छ जसले अमेरिका–चीन द्वन्द्वलाई चर्काएको छ। सभामुख पेलोसीको सम्भावित ताइपेइ भ्रमणलाई लिएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले गत हप्ता नै चेतावनीपूर्ण भाषामा भनेका छन्, 'आगोसँग खेल्नेहरू यसबाट नष्ट हुनेछन्।'

रुस–युक्रेन युद्धले खाद्य संकट

विगतका वर्षहरूमा युक्रेन एक्लैले विश्वका झण्डै ४० करोड मानिसलाई पुग्ने खाद्यान्न आपूर्ति गर्दै आइरहेको थियो। गहुँ र सूर्यमुखीको मुख्य उत्पादन हुने युक्रेनका दक्षिणपूर्व, मध्य, दक्षिण र पश्चिमी भागहरूमा हाल लडाइँ चर्किरहेको छ।

युक्रेन युद्धले पूर्वी युरोपमा बिआरआई प्रभावित

रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ।

विश्व अर्थतन्त्रमा संकटका झिल्का

ठूलो संख्यामा हताहती, विनाश तथा लाखौँ मानिस विस्थापन गरेको युक्रेन युद्धले विश्व अर्थतन्त्रमा उच्च मुद्रास्फीति र बेरोजगारीसहितको सुस्त आर्थिक वृद्धिलाई निम्त्याएको छ।

युक्रेन सङ्कटको कूटनीतिक समाधान

निःसन्देह आजको परिस्थितिमा कूटनीतिक सम्झौताको विषय असान्दर्भिक पनि मानिएला। रुसको निर्मम हमलाबाट आज संसार आजित छ भने युक्रेनी जनताको साहसिक प्रतिरोधबाट प्रभावित पनि छ। तथापि, युक्रेनको अस्तित्व (सम्भवतः सिंगो संसारको समेत) अन्ततः सही भावनाको पक्षमा उभिने विवेकमा निर्भर रहनेछ।

नेपालमा रूस–युक्रेन युद्धको रापताप

अमेरिकाको एक ध्रुवीय हैसियतको अन्त तथा नयाँ अन्तर्राष्ट्रिय शक्ति संरचनाको प्रारम्भ गर्नेमात्र हैन, नेपालका दुवै छिमेकीको अवस्था र भूमिका पनि फेरिँदैछ।

आयल निगमको घाटा दैनिक ३५ करोड

रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा भएको कच्चा तेलको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको छ। कच्चा तेलको मूल्य बढ्दा इन्डियन आयल कर्पोरेसन (आइओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ।

युक्रेन युद्ध र नेपाल

केही समय अघि मात्र युक्रेनमा हमला गर्नुअगाडि राष्ट्रपति पुटिनले युरोपको सुरक्षा संरचनामा १९९० मा जे थियो त्यही कायम हुनुपर्छ भन्ने माग पनि राखे। यो कुरालाई पश्चिमा देशहरूले हाँसेर उडाइदिएका छन्। २०१४ मा क्रिमिया हमला यसैको उपज हो।

रुस–युक्रेन युद्धको बाछिटाः साहसिक पर्यटन प्रभावित हुने

युरोपेली मुलुक युक्रेनमा रुसले सैन्य कारवाही सुरु गरेपछि त्यसको मार पर्यटन क्षेत्रमा पर्ने व्यवसायीको भनाई छ। रुस–युक्रेनको तनावको बाछिटा नेपालको पर्यटन क्षेत्रमा समेत पर्ने व्यवसायीले बताएका छन्। आगामि सिजनमा ती मुलुक सहित त्यस क्षेत्रबाट आउने पर्यटनमा प्रभाव पर्ने व्यसायीको भनाई छ।

युद्ध होइन,शान्ति खोज

रुस-युक्रेन युद्धका कारण हताहती हुनेहरूको संख्या बढ्दै गएको छ। सर्वसाधारणले अनाहकमा ज्यान गुमाइरहेका छन् भने आफनो देश छाडेर शरणार्थी बन्नेहरूको ठूलो संख्या छ। युद्धका कारण सिर्जित मानवीय संकटको कुनै लेखाजोखा छैन। त्यो त परिवारजन गुमाएका व्यक्ति र मुलुक छाड्न बाध्य नागरिकहरूको पीडामा प्रतिबिम्बित भएको छ।

रुस र युक्रेन युद्धकाे प्रभाव: सुनको मूल्य एक लाख नजिक

रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ। युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्