७ आश्विन २०८१ सोमबार
image/svg+xml

जसपाका माग पूरा गर्न सरकारले थाल्यो प्रक्रिया

जसपाले राखेका माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रियासम्बन्धी कार्यविधिसमेत पास गरेको छ। कार्यविधि पास भएसँगै जसपालाई मुद्दा र बन्दीको विवरण निकाल्न फाराम भर्न लगाइएको हो। आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो।

नेपाललाई एक्ल्याउने ओली रणनीति

नेपाल पक्षमा लागेका कतिपय नेतालाई ओली आफैंले मनाउने प्रयास गरेका छन्। आन्तरिक संघर्षका लागि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्षलाई फुटाएर ओली आफू बलियो हुने दाउमा लागेका छन्। उनले आफू पक्षधर नेतालाई पनि परिचालन गरी नेपाल पक्षका नेतासँग कुराकानी गरिरहेका छन्।

एमालेबाट ओली अन्तिम प्रधानमन्त्रीः सांसद कँडेल

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली नेकपा एमालेको तर्फबाट अन्तिम प्रधानमन्त्री हुन सक्ने दाबी गरेका छन्।

एकै दिन १६५ सडक शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक सञ्जाल विस्तारकोे थालनी गर्दै तीन वर्षभित्रै २२ सय १० किलोमिटर सडक निर्माण सम्पन्न गर्ने घोषणा गरेका छन्। सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा सडकको पहुँच विस्तार गर्न रणनीतिक सडक सञ्जालको अवधारणा कार्यान्वयन गर्न लागेको हो।

संसद्को अङ्क गणित परिवर्तन गर्न ताजा जनादेशमा जानुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय अङ्क गणितले राष्ट्रिय आवश्यकताको सधैँ प्रतिनिधित्व नगर्ने भएकाले परिवर्तन गर्नुपर्ने बताए। प्रधानमन्त्री निवास बालुवाटारमा आज १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले देशको आवश्यकता र संसद्को गणित फरक परेको भन्दै संसदीय अङ्क गणित देश र जनताको विकासको आवश्यकताका लागि ताजा जनादेशमा जानुपर्ने बताए।

कसैले राजीनामा माग्दैमा दिन सकिँदैन : प्रधानमन्त्री

समर्थन फिर्ता नगर्ने तर राजीनामा दिनदिनै माग्ने गरेको उनको भनाइ थियो। 'दिनदिनै मेरो राजीनामा मागेका छन्। एक दिन होइन। दुई दिन होइन। एउटाले होइन, दुईटाले मागेका छन् मागेको माग्यै छन्', उनले भने,'मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु। तैपनि लिँदैनन्। अनि राजीनामा माग्दछन्। समर्थन फिर्ता गर राजीनामा त आइहाल्छ नि।

तीन वर्षमा २ हजार २१० किलोमिटर सडक कालोपत्रे गर्ने सरकारको योजना

प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उनले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गरेका हुन्।

प्रधानमन्त्रीद्वारा एकैसाथ एक सय ६५ रणनीतिक सडकको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ वटा रणनीतिक सडकको शुभारम्भ गरेका छन्।

‘ओलीको कारबाही दुराशयको निरन्तरता’

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारबाहीको ओली इतर समूहले भत्र्सना गरेको छ।

सरकारको कमजोरीमा सेवाग्राहीलाई दण्ड दिनु उचित हुँदैनः प्रधानमन्त्री ओली

'यस्तो व्यवस्था सच्याइनुपर्छ, सेवा नदिइ जरिवाना लिन त झन् मिल्दै मिल्दैन, सरकारको कमजोरीमा सेवाग्राहीलाई दण्ड दिनु उचित हुँदैन', प्रधानमन्त्री ओलीले भने। सडक निर्माण गर्दा खानेपानी, विद्युत्, नेपाल टेलिकमलगायत सरोकार भएका निकायसँग समन्वय गरेर काम गर्न पनि उनले निर्देशन दिए।

याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमाः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने बताएका छन्।

पुनर्स्थापित संसद्लाई तानातानको थलो बनाइयोः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई तानातानको थलो बनाएको बताएका छन्। मेलम्ची खानेपानी आयोजनाको शुक्रबार भृकुटीमण्डपमा आयोजित औपचारिक उद्घाटन कार्यक्रममा ओलीले पुनर्स्थापित संसद् देश र जनताको समस्यामा भन्दा पनि राजनीतिक दलहरुको तानातानको थालो बन्न गएको तर्फ संकेत गरे।

जसपालाई फकाउँदै ओली

स्रोतका अनुसार जसपा सरकारमा सहभागी भएमा उसलाई महत्वपूर्ण आठ मन्त्रालय दिन प्रधानमन्त्री ओली तयार भएका छन्। यसैगरी संवैधानिक आयोगहरूमा रिक्त पदमा भागबण्डा गर्न पनि प्रधानमन्त्री तयार भएका छन्।

चर्को आलोचनापछि सूर्य थापाले हटाए प्रचण्डमाथि व्यंग्य गरेको पोष्ट

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमा आफैंले लेखेको पोस्ट हटाएका छन्।

प्रचण्डलाई सूर्य थापाको व्यंग्यः आफैले भाँड्न चाहेको एकता कति प्यारो ?

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि व्यंग्य गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्