२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राष्ट्रियसभामा नयाँ नाम सिफारिस हुने

सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले राष्ट्रियसभामा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका तीनजनाको नाम फिर्ता लिने निर्णय गरेको छ ।

राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपतिलाई

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ।प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आइतबार राष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण

प्रदेश नं १ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई आज प्रमाणपत्र वितरण गरिएकाे छ ।मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा सातजना नव निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नाका साथै फूलमाला र खादा ओढाइ स्वागत गरेका थिए ।

राष्ट्रियसभा निर्वाचन: प्रदेश ५ मा एमाले हाबी

राष्ट्रिय सभामा प्रदेश नम्बर ५ बाट सबैभन्दा बढी एमालेको प्रतिनिधित्व रहने भएको छ। बुधबार सम्पन्न निर्वाचन परिणाम अनुसार कुल ८ मध्ये ४ सदस्य एमालेबाट निर्वाचित भएका छन्।

राष्ट्रियसभा निर्वाचन : प्रदेश ७ मा मतगणना शुरु

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशमा मतगणना शुरु भएको छ। डोटी जिल्ला अदालतमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना शुरु भएको हो। अहिले पौने पाँच बजेदेखि मतगणना शुरु भएको छ।

राष्ट्रियसभा सदस्यका लागि मतदान (फाेटाे फिचर)

राष्ट्रियसभा सदस्यकाे निर्वाचन शुरु भएको छ । २ नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा बुधबार विहान १० बजेबाट मतदान शुरु भएको हो।

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । माघ २४ गते हुने निर्वाचनका लागि आइतबार राती १२ बजे बाट मौन अवधि सुरु भएको हो।

राष्ट्रियसभा निर्वाचनमा चार प्रकारका आठ मतपत्र

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ को नमुना मतपत्र सार्वजनिक गरेको छ। आयोगले निर्वाचनका लागि आठवटा मतपत्र सार्वजनिक गरेको हो । प्रदेश सभा सदस्यले मतदान गर्ने मतपत्र, स्थानीय तहका प्रमुख उपप्रमुख वा अध्यक्ष उपाध्यक्षले मतदान गर्ने मतपत्र, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायको सदस्य निर्वाचित गर्न प्रदेश सभा सदस्यले मतदान गर्ने मतपत्र

राष्ट्रियसभाका उम्मेदवारलाई आज चुनाव चिन्ह

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा भाग लिने उम्मेदारलाई आज (सोमबार) निर्वाचन चिन्ह प्रदान गर्ने भएको छ । आयोगले सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत सोमबार अन्तिम नामावली प्रकाशन गरेपछि आयोगले उम्मेदारलाई निर्वाचन चिन्ह दिने भएको हो।

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा सबै निर्विरोध

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर २ मा भएको निर्वाचनमा सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

राष्ट्रियसभा निर्वाचन आचारसंहिता जारी

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । आयोगको बैठकले निर्वाचनका लागि सरकार, राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाजलगायतका लागि आचारसंहिता जारी गरेको हो ।

राष्ट्रियसभामा मुसलमान शून्य !

नेकपा (एमाले), नेपाली काँग्रेस तथा नेकपा (माओवादी केन्द्र) सम्बद्ध मुसलमान भ्रातृ संगठनले राष्ट्रियसभामा मुसलमान समुदायको प्रतिनिधित्व शून्य गर्ने गरी थ्रेसहोल्ड ल्याइएको जनाउँदै त्यसको खारेजीको माग गरेका छन्।

शक्ति सन्तुलनमा राष्ट्रियसभाको भूमिका कमजोर

प्रतिनिधिसभाका सदस्य संख्या बढी भएकाले राष्ट्रियसभाले अस्वीकार गरेको विधेयक संयुक्त सदनमा प्रस्तुत हुँदा राष्ट्रियसभाका सदस्यले विधेयकको विपक्षमा मतदान गरे पनि त्यो विधेयक पारित हुने देखिन्छ।

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा १२ को मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर १मा १२ जनाले मनोनयनपत्र दर्ता गरेका छन्। क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका अनुसार मनोनयनदर्ताको अबधिमा प्रदेश नम्बर १ का ८ सिटका लागि १२ जनाले मनोनयनपत्र दर्ता गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्