२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कोमल वली राष्ट्रियसभामा निर्विरोध

गायिका कोमल वली नेकपा एमालेका तर्फबाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएकी छिन्। यसको औपचारिक घोषणा माघ १५ गते गरिनेछ।

राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश नम्बर ३ मा १७ जनाको उम्मेदवारी (भिडियो)

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर ३ मा १७ जनाको उम्मेदवारी परेको छ। ललितपुरमा मंगलबार सम्पन्न मनोनयनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र नेमकिपाले उम्मेदवारी दिएको निर्वाचन आयोगका उपसचिव देशबन्धु अधिकारीले जानकारी दिए।

राष्ट्रियसभा निर्वाचनः प्रदेश २ मा पाँच निर्विरोध

राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश नम्बर दुईबाट आठ जना निर्वाचित हुनुपर्नेमा दलित, अल्पसंख्यक तथा महिला समेतगरी पाँच जना निर्विरोध निर्वाचित भएका छन्।

राष्ट्रियसभामा विवेकशील साझाले कांग्रेसलाई समर्थन गर्ने

राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझा पार्टीले नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको छ।

राष्ट्रियसभाका लागि मनोनयन दर्ता आज

राष्ट्रियसभा निर्वाचनका लागि आज (बुधवार) बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदार मनोनयन दर्ता हुने भएको छ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारले मनोनयनपत्र दर्ता गराउन सक्नेछन् ।

राष्ट्रियसभामा मधेसी दल र कांग्रेसबीच सहकार्य, कसलाई कति सीट?

मधेस केन्द्रीत दलले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने भएका छन्। मधेसी दलका नेताले मंगलबार साँझ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेसका शीर्ष नेतासँग बालुवाटारमा राष्ट्रियसभामा तालमेल गर्ने सहमति गरेका हुन्।

एमालेले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवारको नामावली

नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सातवटै प्रदेशका राष्ट्रियसभाका उमेदवारको नामावली टुङ्गो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा मंगलबार मध्याह्नबाट शुरु भएको स्थायी कमिटीको ९६औँ बैठकले नामावली टुङ्ग्याएको एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

राष्ट्रियसभा निर्वाचनको मत परिणाम छिट्टै आउने

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गरिने बताएका छन्।

राष्ट्रियसभा निर्वाचन : सबै खाले सुरक्षा रणनीति अपनाइने

राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।

राष्ट्रियसभामा जान राजपा र फोरममा डौडधूप

आगामी माघ २४मा हुने राष्ट्रियसभा चुनावमा पार्टीका तर्फबाट उम्मेदवार हुन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका करिब दुई दर्जन भन्दा बढी नेताको दौडधूप सुरू भएको छ।

राष्ट्रियसभाको चुनावसम्म पार्टी एकता भइसक्छः नेता बस्नेत

नेकपा माओवादीका केन्द्रका नेता शक्तिबहादुर बस्नेतले तत्काल पार्टी एकता गरेर नयाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन गर्ने बताएका छन्। पार्टी एकता गरेर नयाँ सरकार गठनको प्रक्रियामा जाने उनको भनाई थियो।

राष्ट्रियसभाको चुनावपछि मात्र सरकार छोड्छौंः मन्त्री राणा

अर्थराज्यमन्त्री उदयशमशेर राणाले संविधानअनुसार प्रक्रिया पूरा गरेपछि मात्रै सत्ता हस्तान्तरण हुने बताएका छन्। कांग्रेसले सत्ता छोड्न नमानेको भन्ने आरोपको खण्डन गर्दै मन्त्री राणाले संविधानअनुसार प्रक्रिया र जिम्मेवारी छोडेर सरकार छाड्दा अन्यौलता सिर्जना हुने भएकाले राष्ट्रियसभाको चुनाव सम्पन्न भएपछि सरकार छोडिने रस्पष्ट पारे।

राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश

नेकपा एमाले २ नं प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि सो प्रदेशबाट ५५ जनाको नाम सिफारिश गरेको छ।  एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले प्रदेश नं २ बाट निर्वाचित हुने आठ राष्ट्रियसभा सदस्यका लागि ती नाम सिफारिश गर्ने निर्णय गरेको एमाले २ नं प्रदेश संयोजक एवं स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए। सोअनुसार सिरहाबाट रामचन्द्र यादव, जया घिमिरेसहित १३, सप्तरीबाट सुमनराज प्याकुरेल, धनुषाबाट रत्नेश्वर गोइत, यदुवंश झा, भोला साहसहित १२, पर्साबाट प्रभु हजरा र निर्मला देवकोटासहित ११ जनाको नाम सिफारिश गर्ने निर्णय भएको छ।

राष्ट्रियसभाका लागि बोहराको नाम सिफारिस

नेकपा एमाले प्रदेश कमिटीले राष्ट्रिय सभाका लागि बाजुराबाट राधिका बोहराको नाम सिफारिस गरेको छ। ७ नम्बर प्रदेश कमिटी बैठकले दुई जना महिला कोटातर्फ बोहराको नाम सिफारिस गरेको नेकपा एमाले ७ नम्बर प्रदेश सह संयोजक कर्णबहादुर थापाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्