२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको अधिकतम सिट हासिलका लागि रणनीति बनाउने भएको छ। विहीबारदेखि शुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभाको निर्वाचनमा कसरी बढीभन्दा बढी सिट हासिल गर्ने भन्नेबारे बहस चलाएको हो।

राष्ट्रियसभा निर्वाचनबारे आयोगले गर्‍यो दलहरुसँग छलफल

निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ। आयोगद्वारा आज आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने सो निर्वाचनका विविध पक्षमाथि जानकारी गराए।

माघ ७ अघि प्रदेश सांसदको सपथ नभए राष्ट्रियसभाको निर्वाचन के हुने ?

‘राष्ट्रियसभा निर्वाचनका लागि  मतदाता नामवाली सार्वजनिक गर्नुअघि नै निर्वाचन आयोगले प्रदेश प्रमुखलाई प्रदेशसभाको अन्तिम परिणाम बुझाउनु पर्छ । प्रदेश प्रमुखलाई निर्वाचन परिणाम  नबुझाए आयोगले कसरी मतदाता नामावली सार्वजनिक गर्न सक्छ ?’

राष्ट्रियसभा निर्वाचन तयारी तीव्र, प्रतिनिधिसभाले फागुन ७ पछि पूर्णता पाउने

निर्वाचन आयोगले संघीय संसदलाई पूर्णता दिने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र तुल्याएको छ। आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका सन्दर्भमा दल दर्ता, निर्वाचन कार्यतालिका सार्वजनिक, निर्वाचन अधिकृत नियुक्ति र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

राष्ट्रियसभा सदस्य निर्वाचन खर्चको सीमा निर्धारण

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ मा भाग लिने उम्मेदवारले निर्वाचनको प्रचार प्रसारमा गर्न पाउने अधिकतम खर्चको सीमा तोकेको छ। आयोगको आइतबारको बैठकले निर्वाचन खर्चको अधिकतम हद तीन लाख ५० हजार तोक्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

राष्ट्रियसभाको चुनावपछि सरकार छोडछु: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनावपछि संसद्ले पूर्णता पाउने बताएका छन्। सात नम्बर प्रदेश अन्तर्गत सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरीधाममा आयोजित ‘गोदावरी बाह्र राशि मकर मेला, २०७४’ को आज उद्घाटन गर्दै उनले राष्ट्रियसभाको चुनावपछि आफू सरकारबाट बाहिरिने स्पष्ट पारे।

एमालेले तोक्यो राष्ट्रियसभा उम्मेदवार मापदण्ड

एमालेले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकालाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

राष्ट्रियसभाको निर्वाचनका लागि २१ दल दर्ता

निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि २१ राजनीतिक दलले दर्ता गराएका छन्। आयोगले राजनीतिक दललाई १५ दिनको समय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो। राष्ट्रियसभाका लागि यही पुस १४ देखि २८ गतेसम्म दिइएको दल दर्ता समयमा २१ वटा पार्टीले दर्ता गराएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ मतदाता

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बुधबारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

‘राष्ट्रियसभाको निर्वाचनपछि सरकारको गठन प्रक्रिया शुरु हुने’

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि मात्र नयाँ सरकारको गठन प्रक्रिया शुरु हुने बताएका छन्। रिपोर्टर्स क्लबमा मंगलबार आयोजित साक्षात्कारमा उनले राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि मात्र एउट सत्र पूरा हुन्छ र नयाँ सरकार निर्माणको प्रक्रिया प्रारम्भ हुन्छ भने।

राष्ट्रियसभा निर्वाचनका लागि १० दल दर्ता

निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन्। माघ २४ गते हुन लागेको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले मात्र दल दर्ता गरेको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमिल्सेनाले जानकारी दिए।

राष्ट्रियसभाको निर्वाचन माघ २५ गते हुने

सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ २५ गते तोक्ने तयारी गरेको जनाएको छ।  प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने बारेमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

राष्ट्रियसभा निर्वाचन मिति र प्रदेश प्रमुख तोक्ने तयारी

सरकारले प्रमुख दलहरुको आवश्यक परामर्शमा प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ।

प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा ३ समिति प्रस्ताव

प्रतिनिधिसभा र राष्ट्रियसभामा विषयगत र विशेष गरी १३ वटा समिति प्रस्ताव गरिएको छ । संंघीय संसद् सचिवालयले संसद्को प्रारम्भिक नियमावली मस्यौदा तयार गर्ने क्रममा समितिको संख्या प्रस्ताव गरेको हो ।

राष्ट्रियसभा निर्वाचनको ढोका खुल्यो : प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरण भइसकेकाले राष्ट्रियसभाको निर्वाचनको ढोका खुलेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्