६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रियसभामा विवेकशील साझाले कांग्रेसलाई समर्थन गर्ने

काठमाडौं- राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझा पार्टीले नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको छ।

३ नम्बर प्रदेशमा १४४ मतभार रहेको साझाले कांग्रेसको तर्फबाट उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई मतदान गर्ने छ। कांग्रेस र विवेकशील साझा पार्टीको छलफलपछि पार्टीले यस्तो निर्णय गरेको हो। राष्ट्रियसभा जस्तो गरिमामय संस्थालाई पार्टीका नेता र कार्यकर्ताको भागवण्डा गर्ने थलो बनाइएको समयमा तुलनात्मक रुपमा राधेश्याम अधिकारीलाई कांग्रेसले उम्मेदवार बनाउनु सकारात्मक भएको विवेकशील साझाले जनाएको छ।

विवेकशील साझा पार्टी समेतको मतभारबाट विजयी हुने उमेदवारले राष्ट्रियसभामा परम्परागत रूपमा पार्टीहरुले देखाउँदै आएको पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हीतलाई सर्वोपरी राखी आवाज उठाउने विश्वास विवेशील साझाले लिएको छ।

 

प्रकाशित: १० माघ २०७४ ०९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App