८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा सबै निर्विरोध

जनकपुर – राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर २ मा भएको निर्वाचनमा सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

पाँच उम्मेदवार मनोनयकै दिन निर्विरोध भएको प्रदेश दुईमा आइतबार खुलातर्फ नेपाल संघीय समाजवादी पार्टीबाट मोहमद अख्तर हुसैनले नाम फिर्ता लिएपछि अन्य ३ उम्मेदवार पनि निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए।

८ सीट रहेको प्रदेशमा खुलातर्फको ३ सीटमा ४ जनाको उम्मेदवारी परेको थियो। उम्मेदवारी फिर्ता लिने अन्तिम दिन आइतबार हुसैनले नाम फिर्ता लिएपछि कांग्रेसका जितेन्द्र देव, राजपाका रमेश यादव र एमालेका सुमन प्याकुरेल निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचन कार्यालयका अनुसार यसअघि मनोनयनकै दिन अल्पसंख्यकबाट राजपाका बृखेशचन्द्र लाल, दलितबाट संघीय समाजवादी फोरमका रामपृत पासवान, महिलातर्फ माओवादीकी शशीकला दाहाल, फोरमबाट प्रमिलादेवी यादव र कांग्रेसकी मोक्ताकुमारी यादव निर्विरोध भएका थिए।

मुख्य निर्वाचन अधिकृत उप्रेतीका अनुसार चुनाव तोकिएको माघ २४ गते औपचारिकता पूरा गर्दै निर्वाचित प्रमाणपत्र दिन राष्ट्रियसभा सदस्यलाई बोलाइएको छ।

 

प्रकाशित: १४ माघ २०७४ ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App