४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

बाँकेमा कोरोना जोखिम बढ्दै

भारतको उत्तरी क्षेत्रमा कोभिड– १९ (कोरोना भाइरस) संक्रमण दर बढ्दै गएको छ। त्यसको प्रभाव सोझै नेपालसम्म पुग्छ, तर भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको नेपालगन्जस्थित जमुनाह नाकामा प्रभावकारी ढंगले सतर्कता अपनाइएको छैन। जसले गर्दा बाँकेमा कोरोना भाइरसको जोखिम बढेको छ।

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

बाँकेमा कोरोनाको उपचार हुँदै आएको भेरी अस्पताल र शिक्षण अस्पतालमा थप आठ सङ्क्रमितको मृत्यु भएको छ ।

'क्षमता भन्दा बढी बिरामी राखे अक्सिजन सिस्टमले धान्नै सक्दैन'

बाँकेमा कोरोना भाईरसको संक्रमण दिनहुँ बढिरहेको छ । संक्रमितको चापले गर्दा भेरी अस्पतालका बेड भरिभराउ मात्र छैनन्, अस्पतालले थेग्नै गाह्रो भइरहेको छ । अस्पतालमा प्रायः गम्भिर अवस्थाका संक्रमित भर्ना भएका छन् । उनीहरुको उपचारका लागि विशेषज्ञ चिकित्सक(एनेस्थेसियोलोजिष्ट) को अहिले पनि अभाव छ । कोभिड वार्डमा अहिले चौबिसै घण्टा खटिरहने एक मात्र एनेस्थेसियोलोजिष्ट हुन्, डा. पारश पाण्डे । विगत दुई वर्षदेखि भेरी अस्पतालमा कार्यरत उनी नवौ तहका विशेषज्ञ चिकित्सक हुन् । भेन्टिलेटर, आईसियु कक्षमा खटिएर जटिल खालका बिरामीको विगत दुई वर्षदेखि सेवारत छन् । अस्पतालमा कोरोना संक्रमितको उपचार लगायत विविध विषयमा डा. पाण्डेसँग नागरिक संवाददाता अर्जुन ओलीले गरेको कुराकानी :

२४ घण्टा नबित्दै बाँकेमा थप १० संक्रमितको मृत्यु

नयाँ भेरियन्टका रुपमा तीव्र फैलिएको कोरोना संक्रमणबाट बाँकेमा दिनहुँ मृत्युदर बढिरहेको छ। बाँकेमा २४ घण्टा नबित्दै थप १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेका ९ र बर्दियाका १ जना रहेका छन्।

बाँकेमा थप पाँच संक्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

बाँकेमा कोरोना: चौबिस घण्टामा ७ सय २३ जना संक्रमित, २ सय ४४ डिस्चार्ज

पछिल्लो रिपोर्ट अनुसार बाँकेमा नयाँ ७ सय २३ जनालाई कोरोना संक्रमण पष्टि भएको छ। नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र जमुनाहा हेल्थडेस्कमा परीक्षण गर्दा संक्रमित फेला परेका हुन्।

बाँकेमा २४ घण्टामा सात सङ्क्रमितको मृत्यु

बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ।

सङ्क्रमित बिरामीका लागि शय्या अभाव

अस्वाभाविकरूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल भरिभराउ भएको छ। भेरी अस्पतालमा अहिले एउटा शय्या पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्