उडे निगमका चारै चिनियाँ जहाज
नेपाल वायुसेवा निगमका ‘वाई १२–ई’ सिरिजका चारवटै जहाजले सफल परीक्षण उडान गरेका छन् । ती जहाजले बुधबार हुम्लाको सिमिकोट, डोल्पाको जुफाल, मुगुको ताल्चा र जुम्लाको जुम्ला विमानस्थलमा सफल परीक्षण उडान गरेका हुन्।
नेपाल वायुसेवा निगमका ‘वाई १२–ई’ सिरिजका चारवटै जहाजले सफल परीक्षण उडान गरेका छन् । ती जहाजले बुधबार हुम्लाको सिमिकोट, डोल्पाको जुफाल, मुगुको ताल्चा र जुम्लाको जुम्ला विमानस्थलमा सफल परीक्षण उडान गरेका हुन्।
चीनबाट ४ बर्ष अगाडि ल्याइएको नेपाल वायु सेवा निगमकाे वाइ१२ई जहाजले बुधवार सिमकोट विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको छ। बिहान १० बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको वाइ१२ई जहाजले सिमकोट बिमानस्थलमा अबतरण गरेको हो।
धावनमार्ग (रनवे) मा सामान्य धाँजा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरका लागि उडान अवतरण अवरुद्ध भएको छ। रनवे अवरुद्ध हुँदा अवतरणमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ५ः४० बजेदेखि आकाशमै ‘होल्ड’ भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन हेलिकप्टर कम्पनीको उडान अनुमति रोकेको छ।
प्यराग्लाइडिङ उडानमा ग्लाइडर, हार्नेस, प्यारासुट, जिपिएस, रेडियो सेट, ब्यारोमिटर, इलोक्ट्रोनिक कम्पास, पञ्जा, हेल्मेट लगायतका साधन कम्तिमा चाहिन्छन् । एक सेट यी सामान किन्दा झन्डै ७ लाख रूपैयाँ खर्च लाग्छ।
मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी मनाङ एयरको उडानमा प्रतिबन्ध लगाएको छ।
उत्तर कोरिया र चीनको उत्तरपूर्वी सहर सेनयाङबीचको प्रत्यक्ष हवाई उडानको संख्या पछिल्ला दिनहरुमा वृद्धि भएको छ। स्रोतका अनुसार दुई मुलुकबीचको मानव आवतजावतमा यसले वृद्धि गर्नेछ।
साउदी अरबको राष्ट्रिय ध्वजावाहक विमान सेवाले क्यानडाको टोरन्टोमा गर्दै आएको सबै उडान रद्द गर्ने भएको छ।
थाइल्यान्डको सस्तोमा उडान गर्ने (बजेट एयरलाइन्स) थाई लायन एयरले काठमाडौं उडान सुरु गरेको छ । यसले बैंककस्थित डन मुएङ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि सातामा तीन उडान गर्न थालेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु गरिने बताएका छन्। फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित तस्बीर प्रदर्शनीको उद्घाटन गर्दै उनले विमानस्थल निर्माणको करीब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको र बाँकी काम चाँडो हुने जानकारी दिए।
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मंगलवार दिउँसो त्रिभुवन विमानस्थल पुगेर भिन्न शैलीको शक्ति प्रदर्शन गरेका छन्। थाइल्याण्ड जान लागेका उनी मंगलवार नै पासपोर्ट बनाएर उडानको अन्तिम समयमा एयरपोर्ट पुगेका थिए।
नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले साेमबार परीक्षण उडान गरेको छ। निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले साेमबार अपराह्न उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरेको जानकारी दिए। सो उडानलाई निगमले ‘पुफिङ फ्लाइट’ को नाम दिएको छ।
अन्तरिक्ष पर्यटनको क्षेत्रमा अग्रपंक्तीमा रहेका दुई कम्पनीले आफू पृथ्वी बाहिरको पहिलो यात्रुवाहक उडानबाट केही महिना मात्र टाढा रहेको बताएका छन्।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले (नेवानि) काठमाडौं- दुबई दैनिक उडान गर्ने भएको छ। चार वर्ष पछि २०१६ अगष्ट १८ बाट युएईका लागि पहिलो उडान सुरु गरेको नेवानिले काठमाडौं -दुबई दैनिक उडान अगस्ट १ तारिकबाट सुरु गर्ने भएको हो।
निरन्तर भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ।