२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा उत्तर कोरियाली हवाई सेवाको उडान थपियो

सेनयाङ- उत्तर कोरिया र चीनको उत्तरपूर्वी सहर सेनयाङबीचको प्रत्यक्ष हवाई उडानको संख्या पछिल्ला दिनहरुमा वृद्धि भएको छ। स्रोतका अनुसार दुई मुलुकबीचको मानव आवतजावतमा यसले वृद्धि गर्नेछ। 

उत्तर कोरियाको राष्ट्रिय ध्वजाबाहक एयर कोर्योले हालैका दिनहरुमा प्योङयाङ र सेनयाङबीचको प्रत्यक्ष हवाई उडानमा वृद्धि गरेको छ। स्रोतका अनुसार हप्तामा दुईवटा उडानबाट बढाएर अहिले तीनवटा बनाइएको छ। 

संयुक्तराज्य अमेरिकाले आणविक निरस्त्रीकरणको कार्य पूरा नगर्दासम्म उत्तर कोरियामाथिको प्रतिबन्ध फुकुवा नगर्ने सम्भावना रहेकै अवस्थामा प्योङयाङले विदेशी मुद्रा आर्जनका लागि चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन चाहेको देखिन्छ, स्रोतले बतायो। 

“उत्तर कोरियाली–चिनीया वार्ताको सफलतासँगै बढीभन्दा धेरैले उत्तर कोरियाको आर्थिक स्थितिमा व्यापक सुधार हुने अपेक्षा गरेका छन्। यही कारण, चीनसँगको उत्तर कोरियाली सीमावर्ती सहर सिनुजीको दाँदोङमा घरजग्गाको मूल्य आकासिएको छ,” उनीहरुले भने। 

यहीबीच, प्योङयाङ–बेइजिङ रेलसेवामा यात्रुहरुको संख्यामा व्यापक वृद्धि भएको छ, र सबैजसो सिट बिक्री भइरहेको छ।  धेरै चिनियाँ पर्यटकहरुले अप्रिलमा सम्पन्न अन्तर–कोरियाली शिखर सम्मेलन भएको स्थान पानमुनजोमको भ्रमण गर्न रुचि देखाएका छन्। 

प्रकाशित: २३ श्रावण २०७५ ०८:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App