बुद्धको काठमाडौं–बनारस नियमित उडान सुरु
निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भारतीय धार्मिक सहर बनारसका लागि नियमित व्यापारिक उडान सुरु गरेको छ। काठमाडौँबाट बनारससम्मको हवाई यात्रा एक घण्टामा पुरा हुन्छ।
निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भारतीय धार्मिक सहर बनारसका लागि नियमित व्यापारिक उडान सुरु गरेको छ। काठमाडौँबाट बनारससम्मको हवाई यात्रा एक घण्टामा पुरा हुन्छ।
उडान सुरक्षामा गम्भीर खेलाँची गरेको पुष्टि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विदेशी पाइलटको उडान अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।
इन्डिगो एयरलाइन्सकाे एक विमानमा मुख्य पाइलटलाई उडानकै बेला हृदयघात भएपनि सामान्य ढंगले नै विमानलाई अवतरण गराएर सम्भावित दुर्घटना हुनबाट जाेगाएका छन्।
विदेशी मुद्रा अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट करिब १ करोड रुपैयाँ जरिवाना ठहर गरिएका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई पुनः जहाज उडाउन दिन नेपाल वायुसेवा निगमले नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको छ।
निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले नेपालगन्ज विमानस्थलबाट भारतको राजधानी नयाँदिल्ली उडान सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसमक्ष निवेदन बुझाएको छ।
दुवै देशका तोकिएका वायुसेवाले सातामा १४ उडान गर्न पाउने गरी नेपाल र जापानबीच द्विपक्षीय हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ।
आजदेखि भोजपुर-काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ। नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने रु एक हजार ३५० ले वृद्धि भएको छ ।
निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आगामी फागुन १७ गतेदेखि नेपालगन्जबाट भारतको राजधानी नयाँदिल्ली उडान गर्ने औपचारिक घोषणा गरेको छ।
पोखरेली साहित्यकार बद्रीविनोद प्रतीक सन् २०१२ मा अमेरिकाबाट नेपाल हवाइजहाजमा एक्लै फर्किदै थिए । अमेरिका जाँदा श्रीमति सावित्री पराजुलीका साथ गएका प्रतीक फर्किदा एक्लिएपछि हवाई यात्रामा उनलाई ठूलै सकस प-यो। त्यही सकसको पीडालाई प्रस्तुत गर्न नयाँ पात्र सिर्जना गरेर उनले उपन्यास ‘उडान’ लेखे।
मध्यपश्चिमाञ्चल क्षेत्रमा आर्थिक ‘कायापलट’ ल्याउने उद्देश्यका साथ निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले नेपालगन्जबाट भारतको राजधानी नयाँदिल्लीका लागि नियमित व्यावसायिक उडान गर्ने घोषणा गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै शुरु हुने बताएका छन्।
नेपाल सरकारले चार्टर उडान बन्द गर्दै दुर्गम क्षेत्रको नयाँ हवाइ भाडादर तोकेको छ। मन्त्रीस्तरको निर्णयले बिहीबारदेखि दुर्गम तथा कर्णाली क्षेत्रमा संचालन हुने चार्टर उडान खारेजी गरेको नेपालगन्जस्थित नागरिक उडडयन प्राधिकरणले बताएको छ।
विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलमा एक दशकपछि हवाइ जहाजको परीक्षण उडान गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच बिहीबार एकीकरण भएपछि बनेको नेकपालाई सबैले दिएको विशेषण हो– शक्तिशाली । एकीकरणको भोलिपल्ट शुक्रबार प्रकाशित प्रमुख दैनिक सबैको मुख्य समाचारमा ‘शक्तिशाली’ शब्द परेको छ।
मौसम प्रतिकुल र काठमाडौं विमानस्थलको ट्राफिक जामका कारण सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्ला विमानस्थलमा उडानहरु प्रभावित भएका छन् । काठमाडौं विमानस्थलको ट्राफिक जामका कारण लुक्लामा हवाई उडान घट्दा पर्यटक आवागमनमा समस्या भएको हो ।