१० मंसिर २०८१ सोमबार
image/svg+xml

समानुपातिकतर्फ १३ लाख मत खेर

दोलखा र बाजुराबाहेक प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना सक्दा कुल सदर मतको ३ प्रतिशत ल्याएका दलको मत मात्र समानुपातिकतर्फको सिट बाँडफाँटमा समेटिनेछ।

जुम्लामा १० जना उम्मेदवारले मात्र बुझाए निर्वाचन खर्च विवरण

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा जुम्लामा १३ जना प्रतिस्पर्धी रहेकोमा अहिलेसम्म १० जनाले मात्र निर्वाचनको खर्च विवरण बुझाएका छन्।

बाजुरामा नेपाली काँग्रेसका बद्री पाण्डे विजयी

पाण्डे ५४३७ मतको अन्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बताएको छ।

दोलखा प्रदेश सभा २ मा एमालेका भरत केसी विजयी

आइतबार बिहान सकिएको मतगणना अनुसार केसीले १८ सय १९ मतको अन्तरले कांग्रेसका बर्मा लामालाई हराएका हुन्।

दोलखा निर्वाचन अपडेटः प्रतिनिधिसभामा एमालेको अग्रता

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले १४ हजार ३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

बाजुरा (ख) मा काँग्रेसका पदम बहादुर शाही विजयी

शाहीले २०११९ मत ल्याएर विजयी भएका हुन्। भने थापाले १७५२१ मत ल्याएका छन्। प्रदेश (ख) बाटै स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका हिमाल बहादुर शाहीले १२२ मत प्राप्त गरेका छन्।

बाजुरामा प्रतिनिधिसभा र प्रदेश दुवैमा कांग्रेसको अग्रता, दुवै जित नजिक

पाण्डेले २६ हजार ९८६ मत पाउँदा एमालेका कर्ण थापाले २३ हजार २०८ मत पाएका छन्। प्रदेशसभा २ मा कांग्रेसका पदम बहादुर शाहीको जित निश्चित भइसकेको छ। गणना हुन बाँकी मत भन्दा बढीले कांग्रेसका शाहीले एमालेका उम्मेदवार लाला बहादुर थापालाई पछि पारेका छन्।

समानुपातिक मत: ठुला तीन दल खुम्चिए, नयाँ दुई दल उदाए

प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड साढे ४ लाखभन्दा बढी मत गणना सकिँदा एमाले पहिलो स्थानमै रहे पनि २०७४ सालको तुलनामा अहिले ऊ खुम्चिएको छ।

प्रदेशमा मुख्यमन्त्रीका लागि कसरत

समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ। घोषित नतिजाअनुसार संघदेखि प्रदेशसम्म एक दलको बहुमतको सरकार बन्ने सम्भावना छैन। मिलीजुली सरकार बन्ने अवस्था देखिएको छ। प्रमुख दलका शीर्ष नेताहरू संघ र प्रदेशमा समीकरण मिलाएर सरकार बनाउने कसरतमा लागेका छन्।

मतान्तर बढाउँदै कांग्रेसका पाण्डे

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार सात सय चार मतगणना गर्दा पाण्डेले १२ हजार सात सय पाँच मत प्राप्त गरेका छन्।

दोलखामा १० वडाको गणना सकियो, माओवादी केन्द्रका कार्कीलाई १४ सय ५० मतको अग्रता

दोलखामा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिइरहेका छन्।

दोलखामा माओवादीका कार्कीलाई १४ सय मतको अग्रता

जारी मतगणनामा शुक्रबार ११ बजे सम्म गौरीशंकर गाउँपालिकाका ८ ओटा वडाको गणना सकिँदा उनले १४ सय ३८ मतले अग्रता लिएका हुन्।

ताप्लेजुङमा २६ उम्मेदवारमध्ये एकजनाले मात्र बुझाए निर्वाचन खर्च विवरण

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालका अनुसार शुक्रबार मध्यान्ह सम्ममा प्रतिनिधिसभातर्फका स्वतन्त्र उम्मेदवार सञ्जुहाङ पालुङ्वाले मात्र निर्वाचन खर्च विवरण बुझाएका हुन्।

समानुपातिक मत: एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ।

काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्