coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाजुरामा प्रतिनिधिसभा र प्रदेश दुवैमा कांग्रेसको अग्रता, दुवै जित नजिक

कांग्रेसका बद्री पाण्डे र एमालेका कर्ण थापा.

बाजुरामा मत गणना जारी छ। अहिलेसम्म सत्ता गठबन्धनका उम्मेदवारले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा अग्रता बनाइरहेका छन्। प्रतिनिधिसभामा कांग्रेसका बद्री पाण्डे हालसम्म ३ हजार ७७८ मतले अघि छन्।

पाण्डेले २६ हजार ९८६ मत पाउँदा एमालेका कर्ण थापाले २३ हजार २०८ मत पाएका छन्। प्रदेशसभा २ मा कांग्रेसका पदम बहादुर शाहीको जित निश्चित भइसकेको छ। गणना हुन बाँकी मत भन्दा बढीले कांग्रेसका शाहीले एमालेका उम्मेदवार लाला बहादुर थापालाई पछि पारेका छन्।

शाहीले १९०३७ मत पाउँदा थापाको १६१४५ मत छ। यी दुई बीचको मतान्तर २ हजार ८९२ छ। यहाँ अब गणना हुन बाँकी मत २ हजार ८४२ मत मात्रै छ। दुवै जना जित नजिक पुगेका छन्।  

एमालेको पकड क्षेत्रमा नै राम्रो मत नआएको र काँग्रेसले आफ्नो क्षेत्रमा राम्रो मत ल्याएको देखिएको छ। जुन अवस्था हेर्दा संघ र प्रदेश दुवैमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवारको जित सुनिश्चित भएको छ।  

यस अघि हिजो आएको अन्तिम परिणाम पनि प्रदेश १ मा सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका थिए। यहाँ एमाले उम्मेदवार बलदेव रेग्मीलाई हराउँदै नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका हुन्।

प्रकाशित: १८ मंसिर २०७९ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App