टुटल भ्याट प्रकरण : राजस्वको छानबिन सुरु
राइड–सेयरिङ एप टुटल सञ्चालन गरिरहेको हाइपर लुक्स नेपालले भ्याटमा दर्ता नभई उपभोक्ताबाट मूल्य अभिवृद्धि कर (भ्याट) उठाएको विषयमा आन्तरिक राजस्व विभागले अनुसन्धान सुरु गरेको छ। हाइपरले आफू भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने यात्रुबाट कुल भाडामा १३ प्रतिशत भ्याट जोडेर रकम लिने गरेको समाचार बुधबार प्रकाशित भएपछि विभागले अनुसन्धान सुरु गरेको हो।