१९ आश्विन २०८१ शनिबार
image/svg+xml

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः समस्या ज्यूँ का त्यूँ, संचालनको चटारो मात्र

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने तालुकदार निकायदेखि तलसम्मका समस्या ज्यूँ का त्यूँ छन्। ती समस्या समाधान नभएसम्म उडान सम्भव नभएको जानकारहरु बताउँछन्। लामो समयदेखिका कतिपय समस्या समाधानमा तदारुकता नदेखिएको गुनासो व्याप्त छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः आन्तरिक हवाई कम्पनी तयारीमा जुट्दै

पोखरा–मुग्लिन सडक विस्तार सुरु भएपछि स्थलमार्गको यात्रा झन्झटिलो र सकसपूर्ण हुने भएकोले हवाई यात्रालाई सहज बनाउनुपर्ने भन्दै निजी हवाई कम्पनीले निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई ढिला नगरी संचालनमा ल्याउनुपर्नेमा जोड दिँदै आएका छन्।

खेलकुद पूर्वाधार संरक्षणमा चुनौति

कास्की जिल्लामा खेलकुदका धेरै पूर्वाधार थपिएका छन्। पोखरा रंगशालाभित्रै राष्ट्रिय खेलकुद परिषदले अर्बौ रुपैयाँ लगानी गरेकोछ । भिन्दाभिन्दै खेल संघहरुले पनि पूर्वाधार निर्माण गरेका छन्। कतिपय पूर्वाधार संघ र परिषद बीच साझेदारीमा बनेका छन्।

पोखरामा च्यांग्रा मेला (फोटोसहित)

हिमाली जटिबुटी खाएर हुर्केका च्यांग्रा पाएसम्म उपभोक्ताले अरु खसीबोका वा कुखुरा खोज्दैनन्। त्यही भएर नै हो मुस्ताङबाट झारिएका हजारौ च्यांग्रा पोखरामा केहीदिनको अन्तरमा किनबेच हुन्छ।

विमानस्थलको समस्या समाधान गर्न प्रधानमन्त्री देउवा प्रतिवद्ध

सोमबार निर्माणाधिन विमानस्थलको अवलोकनमा पुगेका देउवालाई आयोजना प्रमुख विनेश मुनकर्मीले हालसम्मको प्रगति र समस्याकाबारेमा जानकारी गराए।

तीन महिना पछि काममा फर्किए पोखरा महानगरका मेयर

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कार्यबाहक प्रमुखको जिम्मेवारी उपमेयर मन्जुदेवी गुरुङलाई दिएका छन्। महानगर प्रमुख जिसीले उपप्रमुख गुरुङलाई आफू कार्यालय नआउँदासम्म कार्यवाहक प्रमुख भई दैनिक कार्य सञ्चालन गर्ने गरी लिखित रुपमा जिम्मेवारी दिएका हुन्।

प्रधानमन्त्री देउवाले भनेः विमानस्थलको भलबाढी व्यवस्थापनका लागि बजेट आउँछ

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा विमानस्थल निर्माण आयोजनाले विमानस्थल निर्माणमा परेका समस्याहरुबारे जानकारी गराएको थियो।

पोखराका होटलमा दसैं–तिहार प्याकेज

पर्यटन क्षेत्रका व्यवसायीले ल्याउने प्याकेज जुनसुकै बेलाका पनि आकर्षक हुन्छन्। दसैं तिहारको बेला सबैतिर अफर ल्याउने पहिल्यै देखिको चलन भएको र त्यही अनुसार पर्यटन क्षेत्रमा पनि आउने गरेको व्यवसायीको भनाई छ।

एभरेस्ट प्रिमियर लिगः पोखरा र भैरहवाको पहिलो जित

ललितपुरले प्रस्तुत गरेको ५२ रनको लक्ष्य पोखराले २ बलअगावै मात्र १ विकेटको क्षतिमा पूरा गरेको थियो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ८४ प्रतिशत निर्माण कार्य सम्पन्न

वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) नहुँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोचमा पर्ने रिठ्ठेपानी डाँँडा कटानको काम रोकिएको छ। आगामी जुलाई १० तारिखदेखि विमानस्थल सञ्चालनमा आउने भएपनि विमानस्थलको एप्रोचमा पर्ने रिठ्ठेपानी डाँडा कटान हुन नसकेको हो।

पोखरामा विशिष्ट पर्यटक

कूटनीतिक व्यक्तिहरू पोखरामा गएपछि निश्चित रूपमा उनीहरूमार्फत प्रचारप्रसारमा मद्दत पुग्छ। उनीहरूले भ्रमणमा देखेका दृश्यलाई आफ्ना माध्यममार्फत फैलाउनेछन्। यसै पनि नेपालप्रति विश्वको उत्सुकता रहेको छ।

पोखरामा आज सडक महोत्सव

कोरोना भाइरस संक्रमणले ठप्प रहेको पर्यटन क्षेत्र ब्युताउँन पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा सोमबार (आज) लेकसाइडमा एकदिने सडक महोत्सव आयोजना गरेका छन्।

पोखरा घुम्दै दर्जन देशका राजदूत (फोटो सहित)

विभिन्न दर्जन मुलुकका नेपालस्थित दूतावासका राजदूत सहित विकास साझेदारका उच्च पदस्थ पदाधिकारी पोखरा आएका छन् । आइतबार दिउँसो पोखरा आएका उनीहरुले दुईदिनसम्म पोखरामा बिताउनेछन् । पोखरा बसाईको क्रममा विभिन्न पर्यटकीय गतिविधिमा रमाउनेछन् । पोखरा आसपासका क्षेत्रको छोटो दूरीको हाइकिङ समेत गर्नेछन् ।

पोखरा महानगर कांग्रेस सभापतिमा बिजुक्छे निर्वाचित

नेपाली काँग्रेसको १४ औं अधिवेशन अन्तर्गत नेपाली काँग्रेस पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । शनिबार सम्पन्न मतदानपछि आईतबार सार्वजनिक भएको मतपरिणाम अनुसार ४१६ मत ल्याउँदै बिजुक्छे सभापतिमा निर्वाचित भएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्