१९ आश्विन २०८१ शनिबार
image/svg+xml

प्यारापिटको छानो छाउँदै

लामो समयदेखि रोकिएको पोखरा रंगशाला फुटबल मैदानको प्यारापिटको छानो छाउन थालिएको छ । भारतीय प्राविधिक नआउँदा लामो समयदेखि प्यारापिटको छानो छाउने काम रोकिएको थियो ।

महानगरकै अग्लो भागमा खेल मैदान बन्दै

आर्थिक वर्ष सकिनै लाग्दा पोखरा महानगरपालिकाले खेलकुद पूर्वाधार निर्माणमा भने तिब्रता दिएको छ । कोरोनाको दोस्रो लहरले बजार क्षेत्र लपेटिएको अवस्थामा गाउँमा भने काम धमाधम भईरहेको छ ।

ठूला सहरबाट बिरामी आउँदा पोखराका अस्पतालमा चाप

राजधानी काठमाडौं सहित वुटबल, भैरहवा, दाङ, नेपालगञ्जका अस्पतालमा कोरोना बिरामीका लागि शैया र अक्सिजन तथा भेन्टिलेटर अभाव छ । अस्पतालमा उपकरण र अक्सिजन अभाव भएका ती ठाउँका बिरामी अहिले उपचार खोज्दै धमाधम पोखरा आउन थालेपछि यहाँका अस्पतालमा चाप बढ्दो छ ।

क्याम्पस भवन बनाउन पाँच लाख सहयोग

विवाहको २५ औं वर्षको अवसर पारेर पोखरा बहुमुखि क्याम्पसकी प्रमुख शिशुकला पराजुलीले आफै कार्यरत क्याम्पसको भवन बनाउन ५ लाख २५ रुपैयाँ आर्थिक सहयोग गरेकी छिन् ।

कहिल्यै खोजी हुँदैनथ्यो अक्सिजन प्लान्टको

कोरोना भाईरस संक्रमणको दोश्रो लहर फैलिन सुरु हुनुअघि यहाँका अक्सिजन प्लान्टको अधिकांश उत्पादन अस्पताल बाहिरै खपत हुन्थ्यो । दुईवटाकै उत्पादन प्रयाप्त भएकोले पनि नयाँ लगानीकर्ता भित्रिएनन् । अरु बस्तु उत्पादन गर्ने उद्योग थपिँदै गर्दा अक्सिजनका प्लान्ट थप्नेतिर कसैको चाँसो थिएन ।

सम्झौता भएपनि बजेट आएन

पोखरा रंगशालाभित्रकै क्रिकेट मैदान संरक्षण गर्ने उद्देश्यसहित तारजाली(फेन्सिङ) लगाउन उपभोक्ता समितिसँग सम्झौता गरियो । दुवै सम्झौता गरिएको महिना दिन वित्यो । तर रकम खातामा नआउँदा काम अघि बढेन् ।

दाङ र बुटवलमा अक्सिजन अभाव भएपछि बिरामी पोखरासम्म

राजधानी काठमाडौं सहित बुटवल, दाङ, नेपालगञ्जका अस्पतालमा त अक्सिजनको हाहाँकार नै हुन थालेको छ । बुटवलका अस्पतालले त अक्सिजन नभएको भन्दै बिरामी भर्ना लिनै छाडेका छन् । अन्यत्रका अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि अहिले पोखरामा उपचारकै लागि भनेर टाढा टाढाबाट समेत बिरामी आउन थालेका छन् ।

व्यवसायमा ताल्चा

कोरोना भाइरस संक्रमणको त्रासका कारण गतवर्ष चैतदेखि गरिएको लकडाउनले महिनौंसम्म व्यवसायमा ताला लाग्यो । संक्रमणबीच लकडाउन खुकुलो हुँदै जाँदा व्यवसायको ढोका पनि खुल्दै गयो । पछिल्लो समय वैशाख पहिलो सातासम्म व्यवसायले झन्डै कोरोना अघिकै आकार लिइसकेको थियो । तर, अचानक कोरोनाको दोश्रो लहर फैलिँदा व्यवसायमा पुन ताला लागेको छ ।

सुत्केरी तथा बच्चावार्डलाई कोरोना अस्पताल बनाइँदै

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तगर्तको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले नवनिर्मित सुत्केरी तथा बच्चा वार्ड भवनलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको छ ।

पोखरामा निषेधाज्ञामा कडाई (तस्बिरसहित)

कोरोना भाइरस संक्रमणको ‘चेकब्रेक’ गर्ने भन्दै कास्कीमा निषेधाज्ञा पालनामा कडाई गरिएको छ । कास्की प्रशासनले मंगलबार बिहानदेखि लागु हुनेगरि दश दिनसम्मका लागि निषेधाज्ञामा कडाई गरेको हो । निषेधाज्ञाको कडाइले पर्यटकीय सहर पोखरा सुनसान बनेको छ ।

कोरोनाले थलियो खेलकुद पूर्वाधारको काम

कोरोना भाइरस संक्रमणले पोखरा रंगशालास्थित फुटबल मैदान तथा प्यारापिट निर्माण कार्य एकवर्षदेखि थलिएको छ। काम फत्ते भएर राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरण गरिनुपर्ने समयमा एकवर्षदेखि कामको प्रगति हुनै सकेको छैन् ।

पोखरामा जोरबिजोरको नियम (फोटोफिचर)

कोरोना भाइरस संक्रमणको त्रासले कास्की प्रशासनले बुधबारदेखि पोखरा सहरभित्र सवारी आउजाउमा जोरविजोर प्रणालि लागु गरेको छ । जोरविजोरको नियम नमानि आफुखुसी सवारी चलाउनेलाई प्रहरीले रोकेको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तयारीः पिपिई र मास्कसँगै अक्सिजन पर्याप्त छैन

कोभिडको दोस्रो लहर बिस्तारै बढ्दै गएको छ । पोखरा पनि दोस्रो लहरको चपेटामा पर्ने खतरालाई न्यूनिकरण गर्न स्वास्थ्यसँग सरोकार राख्ने निकायले पिपिई, मास्क र अक्सिजन पर्याप्त नहुँदा उपचारमा समस्या हुने जिकिर गरेका छन्।

प्रशिक्षणपछि सुपर लिग खेल्न पोखरा थण्डर्स प्रस्थान

कोरोनाको दोस्राे कहरसँगै भोलि शनिबारबाट फुटबलको फ्रेन्चाईजि लिग नेपाल सुपर लिग सुरु हुँदैछ। झण्डै डेढ साताको बन्द प्रशिक्षणपछि पोखरा थण्डर्स सुपर लिगको लागि प्रस्थान गरेको छ। ५ पोखरेली खेलाडीलाई अनुबन्धन गर्दै फ्रेन्चाईज फुटबलको किकअफको तयारीमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्