२९ वैशाख २०८१ शनिबार
image/svg+xml

बिस्केटसहित भाँतिभाँतिका जात्रा हेर्न भक्तपुरमा हजारौंको भीड

परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा सुरु भएसँगै आज यहाँ सञ्चालन हुने थरीथरीका जात्रा हेर्न हजारौँको भीड लागेको छ।

सिन्दुरले रङ्गियो मध्यपुरथिमि

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोल–टोलका देवता विराजमान खट जात्रा गरी टोल–टोल घुमेर बालकुमारी मन्दिर प्राङ्गणमा २६ देवी–देवता विराजमान खटलाई ल्याएर मन्दिरको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा नाच्दै, अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् ।

विश्व प्रसिद्ध बिस्केट जात्राको इतिवृत्ति

भक्तपुर जात्रामय बनेको छ।नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठरातसम्म मनाइने बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आकर्षित बनाएको छ। यहाँका नेवार समुदायले महत्वपूर्ण पर्वका रुपमा बिस्काः अर्थात् बिस्केट जात्रा मनाउने गर्दछन्।

भक्तपुरमा आजदेखि बिस्का जात्रा सुरु

इतिहास एवं संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्व मध्यकालतिर तीन सय वर्षभन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो।

बिस्केट जात्रामा ढुङ्गा हानाहान

नयाँ वर्षको आगमनसंँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्केट जात्रा आइतबारदेखि सुरु भएको छ।

सकियो भक्तपुरको बिस्केट जात्रा

पाँंचतल्ले मन्दिरअगाडि राखेर बनाइएको भैरबनाथको रथ तान्ने क्रमसँंगै सुरु हुने जात्रा यही रथ तान्ने क्रमको समाप्तिसँंगै सकिने गर्दछ। प्रत्येक वर्ष नयाँं वर्षको चार दिनअगाडि अर्थात् यो वर्ष २०७७ चैत २८ गते यही रथ तानेर सुरु भएको जात्रा प्रत्येक वर्ष वैशाख ५ गते यही रथ तान्ने क्रमको समापनसँंगै जात्रा समापन हुने गर्दछ।

हुने भयो बिस्केट जात्रा

भक्तपुरको बिस्केट जात्रा हुने भएको छ। यसअघि जात्रा औपचारिकतामा सीमित गर्ने निर्णय भएको थियो। भक्तपुर नगरपालिका नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति (सिएमसी) र बिस्केट जात्रासँग सम्बन्धित सरकोकावालाको बुधबार बसेको बैठकले जात्रा गर्ने निर्णय गरेको हो।

हुने भयो बिस्केट जात्रा

यस वर्षको भक्तपुरको बिस्केट जात्रा हुने भएको छ। यसअघि जात्रा औपचारिकतामा सीमित गर्ने निर्णय भएको थियो। भक्तपुर नगरपालिका नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति (सीएमसी) र भक्तपुरको प्रसिद्ध बिस्केट जात्रासँग सम्बन्धित सरकोकावालाहरूको बुधबार बसेको बैठकले जात्रा गर्ने निर्णय गरेको हो।

बिस्केट जात्रा नरोक्न माग गर्दै प्रदर्शन

भक्तपुरको बिस्केट जात्रा नरोक्न स्थानीयले सोमबार साँंझ प्रदर्शन गरेका छन् । आठ रात नौ दिन लामो जात्रा सुरु हुने स्थान भक्तपुरको पाँंचतल्ले मन्दिर जात्रा नरोक्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

बिस्केट जात्राभित्रका जात्राहरू

नव वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राको मुख्य आकर्षण भैरवनाथ र भद्रकालीको रथ तान्ने र भेलुखेलस्थित यसिँख्यःमा ५५ हात लामो यसीँ (लिंगो) उठाउनु हो । भैरवनाथको रथ तान्ने प्रचलन शुरु हुनुभन्दा अघि भद्रकालीको मात्र रथ तान्ने परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्