झापामा ४ बजेसम्म करिब ६० प्रतिशत मत खस्यो, क्षेत्र नं. ५ मा उत्साहजनक सहभागिता
झापामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दिउँसो ४ बजेसम्म ५९.६७ प्रतिशत मतदान सम्पन्न भएको छ।
झापामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दिउँसो ४ बजेसम्म ५९.६७ प्रतिशत मतदान सम्पन्न भएको छ।
पहिलोपटक मतदान गर्ने वा विदेशबाट फर्किएर मतदानमा सहभागी हुने युवाहरूले आफ्नो मतलाई देशको भविष्यसँग जोडेर हेरेका छन्।
निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्म १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ७४ लाख १४ हजार १ सय १ मत खसेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि आज जारी निर्वाचन अहिलेसम्म शान्तिपूर्ण रूपमा भइरहेको बताएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङमा दिउँसो ४ बजेसम्म ५१.९४ प्रतिशत मतदान सम्पन्न भएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालसहित उच्च सुरक्षा अधिकारीहरूको टोलीले काठमाडौं उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण गरेको छ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन्।
बिहीबार जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८ प्रशित मत खसेको छ।
सिरहामा दिउँसो ३ः३० बजेसम्म ६० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ। अहिलेसम्म सिरहाको चार वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको जनाइएको छ।
महिला ७४ हजार ९ सय ७ र पुरुष ७४ हजार ६ सय ९० गरी जम्मा १ लाख ४९ हजार ९७ मतदाता रहेको रोल्पामा शान्तिपुर्ण वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए।
प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन संवाद गरेकी छन्।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सिन्धुलीका दुईवटै निर्वाचन क्षेत्रमा हालसम्म करिब ४६ प्रतिशत मत खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
हुम्लाको सिमकोट गाउँपालिका–१ स्थित कालसिम्ता आधारभूत विद्यालय कुम्लिगमा रहेको मतदान केन्द्रमा विवाद भएपछि केही समयका लागि मतदान प्रक्रिया स्थगित भएको छ।
प्रतिनिधिसभा निर्वाचनमा गोरखाको हिमाली भेगका धेरै मतदान केन्द्रमा मतदान करिब सकिएको छ।