२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपाल क्रिकेटमा फर्किए पुबुदु

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार पुबुदु दसानायकेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी दिएको छ।

क्रिकेटको मुख्य प्रशिक्षक पदका लागि आवेदन खुला

ईसीसी पूर्ण सदस्य, फस्ट क्लास टिम वा एसोसियट सदस्य राष्ट्रका लागि कम्तीमा ५ वर्ष प्रशिक्षण गरेको अनुभव पनि हुनुपर्ने योग्यता तोकेको छ।

क्रिकेट मैदानको दुर्दशा

खेलाडीको एउटै मात्र गुनासो छ, ‘क्रिकेट मैदानमा कहिले खेल्न पाउँछौ।’ यसको ठोस उत्तर कास्की जिल्ला क्रिेकट संघसँग छैन। मैदान र पिच मर्मतको खाँचो छ। राष्ट्रिय खेलकुद परिषद्ले २५ लाख रूपैयाँ पठाइदियो। तारजाली लगाई मैदान संरक्षण गरियो।

फर्कियो नेपाली क्रिकेट टोली

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ।

क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

गत असारमा राष्ट्रिय टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा नै गराइएको थियो। उक्त प्रतिस्पर्धाबाट आदर्श पोखरेलले डिजाइन गरेको जर्सी छनोट भएको हो।

प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको घोषणा

आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिएको छ।

धादिङ जिल्ला क्रिकेट संघको अध्यक्षमा कंडेल

नवगठित समितिलाई शुभकामना दिदै जिल्ला खेलकुद समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले खेल क्षेत्रका माध्यमबाट धादिङ र देशलाई समेत विश्वसामु चिनाउन सकिने भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।

पारसलाई क्यानको सम्मान : ७७ नम्बर प्रयोग नगरिने

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वकप्तान पारसले प्रयोग गरेको जर्सी नम्बर अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोगमा नल्याउने जनाएको हो। नेपाली क्रिकेटमा पारसले दिएको योगदानको सम्मानस्वरूप खेल्ने क्रममा प्रयोग गर्दै आइरहेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने निर्णय गरेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

क्यान अध्यक्ष भन्छन्ः पारसको निर्णय अप्रत्यासित

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा उपयुक्त समयमा नभएको बताएका छन्।

मुद्धा फिर्ता लिन निर्वाचित क्यानको सर्त

नेपाल क्रिकेट संघ (क्यान) विवाद सुल्झाउन बनेको स्वतन्त्र टोलीले सोमबार अदालतमा विचाराधिन मुद्धा फिर्ता लिन आग्रह गरे पनि निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले एकतर्फी रुपमा मुद्धा फिर्ता लिन नसकिने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्