१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको घोषणा

आइसिसी महिला  ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार २४ सदस्यीय प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो ।आगामी नोभेम्बरमा मलेसियामा हुने एसिया क्षेत्रको छनोट खेलका लागि क्यानले प्रारम्भिक टोली सार्वजनिक गरेको हो। अघिल्लो वर्ष सम्पन्न प्रधानमन्त्री कप र मेयर्सकप क्रिकेट प्रतियोगितामा महिला खेलाडीले गरेको प्रदर्शनका आधारमा क्यानको छनोट समितिले प्रारम्भिक टोली सार्वजनिक गरेको क्यानका व्यवस्थापक विनोद दासले जानकारी दिए।

घोषणा भएको टोलीमा खेलाडी थप पनि हुन सक्ने उनले बताएका छन्।  ‘विभिन्न क्षेत्रबाट खेलाडीलाई छनोट गर्ने योजना क्यानको छ। केही दिनमा त्यो कार्यक्रम सम्पन्न हुन्छ,’क्यानका व्यवस्थापक विनोद दासले भने, ‘छनोट समिति विभिन्न क्षेत्रको भ्रमण गरेपछि मात्र संख्या निश्चित हुन्छ। अहिले घोषणा भएको टोलीमा बढ्न पनि सक्छ ।’ घोषणा टोलीमा बिनु बुढामगरले राष्ट्रिय टोलीमा फर्कने अवसर सिर्जना गरेकी छन् ।

विभागीय टोली एपिएफकी बिनु गत चैतमा सम्पन्न मेयर्सकप ट्वान्टी–२० मा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालको प्रारम्भिक टोलीमा अटाएकी हुन्रआइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट आगामी नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा हुनेछ। छनोटमा आयोजक मलेसियासहित नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, र युएईले प्रतिस्पर्धा गर्ने छन्ए   एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले दक्षिण अफ्रिकामा हुने ट्वान्टी–२० विश्वकपमा  स्थान बनाउनेछन् ।

प्रकाशित: ७ भाद्र २०७८ ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App