१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

क्यान अध्यक्ष भन्छन्ः पारसको निर्णय अप्रत्यासित

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा उपयुक्त समयमा नभएको बताएका छन्।

क्यानका अध्यक्ष चन्दले सन्यास लिने पारसको निर्णय अप्रत्यासित रहेको भन्दै यस विषयमा क्यानमा छलफल भइरहेको र औपचारिक धारणा आउने बताए। “पूर्व जानकारी गराएर सन्यास लिएको भए केही फरक परिस्थिति बन्ने थियो, अचानक सन्यास लिनु क्रिकेट र देशका लागि राम्रो भएन”, उनले भने।

अध्यक्ष चन्दका अनुसार पूर्व कप्तान खड्काले आज बिहान करीब साढे ७ बजेतिर इमेल गरेर संन्यास लिन लागेको जानकारी गराएका थिए। उनले आइसिसी विश्व क्रिकेट लिग टूका लागि नेपाली राष्ट्रिय टोलीको आज बन्द प्रशिक्षण सुरु गर्ने तयारी रहेको समेत बताए। 

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान खड्काले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका थिए।

प्रकाशित: १९ श्रावण २०७८ ११:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App