coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्यान सदस्यमा छुम्बी र धर्मराज

नेपाल क्रिकेट संघ (क्यान)को सदस्यमा सोमबार छुम्बी लामा र धर्मराज गिरी  नियुक्त  भएका छन्।  

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्ना दुई प्रतिनिधिका रूपमा छुम्बी र र धर्मराजलाई क्यानको कार्यसमितिमा सिफारिस गरेको हो। गत असार १० गते राखेप सदस्यसचिवस्तरीय निर्णयअनुसार क्यानका दुई सदस्य सिफारिस भएका हुन्। यद्यपि, राखेपले मंगलबार मात्र उनीहरूलाई नियुक्ति पत्र दिएको थियो। छुम्बी वि.सं. २०६८ कार्यालय प्रमुखका रूपमा क्यान प्रवेश गरेका थिए, जति बेला क्यानमा टंक आङबुहाङको नेतृत्व थियो। दुई वर्षपछि नै उनी क्यानको चिफ अपरेटिङ अफिसर (सिओओ)मा बढोन्नति भए।  

तथापि क्यान निलम्बित भएपछि भने उनी जिम्मेवारीविहीन रहे। तर, विश्व क्रिकेट लिग डिभिजन–२ (२०१५–०१७) नेपालमा सञ्चालन हुँदा आइसिसीले छुम्बीलाई प्रोजेक्ट म्यानेजरका रूपमा नियुक्त गरेको थियो। क्यान निलम्बनको अवस्थामा राखेप र मन्त्रालयसँग समन्वयन गरेर खेल सञ्चालन गर्न उनले महŒवपूर्ण भूमिका निर्वाह गरे। घरेलु व्यावसायिक क्रिकेटमा सफलता प्राप्त गरेको पोखरा प्रिमियर लिग (पिपिएल) आयोजक क्विन्स इभेन्ट्सका छुम्बी प्रबन्ध निर्देशकसमेत हुन्।  

घरेलु महिला क्रिकेट शून्य अवस्थामा हुँदा क्विन्स इभेन्ट्सले दक्षिण एसियामै पहिलो पटक व्यावसायिक महिला क्रिकेट सञ्चालन गर्दै आएको छ। यता, पूर्वखेलाडीसमेत रहेका गिरी भने मदन भण्डारी स्पोटर््स एकेडेमीअन्तर्गत क्रिकेट विभागका उपाध्यक्ष हुन्।  

प्रकाशित: १७ असार २०७७ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App