२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

धादिङ जिल्ला क्रिकेट संघको अध्यक्षमा कंडेल

धादिङमा जिल्ला क्रिकेट संघको तदर्थ समिति गठन गरिएको छ। धादिङबेसीमा आइतबार एक कार्यक्रमको आयोजना गरि दिपेश कंडेल अध्यक्ष रहने गरी १५ सदस्यीय समिति गठन गरिएको हो।  

समितिको उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा  मनिष दुवाडी, सचिवमा सन्दिप सापकोटा, कोषाध्यक्षमा ठाकुर ढकाल र सहसचिवमा रामबहादुर रानामगर सर्वसम्मत  चयन भएका छन्। त्यस्तै कार्यसमिति सदस्यहरुमा साम्भवी थापा, श्रीकृष्ण भण्डारी (अनमोल), अनिश अधिकारी, सन्तोष पाण्डे, रबिन्द्र सापकोटा, दिपेन्द्र शाह, सुजन भट्टराई र जितेन्द्र श्रेष्ठ चयन भएका छन्। बाँकी एक सदस्य कार्यसमितिले चयन गर्ने बताइएको छ ।

नवगठित समितिलाई शुभकामना दिदै जिल्ला खेलकुद समिति  धादिङका अध्यक्ष प्रताप सिंह तामाङले खेल क्षेत्रका माध्यमबाट धादिङ र देशलाई समेत विश्वसामु चिनाउन सकिने भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताए। धादिङमा पछिल्लो समय खेल क्षेत्रमा युवाहरुको सक्रियता बढेको छ। जिल्लामै विभिन्न प्रतियोगीता आयोजना गर्नेदेखि जिल्लास्तरीय तथा राष्ट्रिय स्तरका खेलहरुमा सहभागीता भई सफलता हासिल गरेका छन्।

प्रकाशित: ६ भाद्र २०७८ ११:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App