२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नवौँ राष्ट्रिय खेलकुदः कञ्चनपुरमा आजदेखि छनोट हुँदै

'यसअघि प्रतियोगितामा भाग लिने खेलाडीलाई फाराम भर्न आह्वान गरेका थियौँ,' उनले भने, 'जिल्लामा छनोट भएका खेलाडी प्रदेशमा जान्छन्, त्यहाँ छनोट हुने खेलाडीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनेछन्।'

खेल प्रतिभा खोजी गर्न विद्यालयमा प्रशिक्षण

विद्यालय क्षेत्रबाट खेल प्रतिभा खोजी गर्ने उद्देश्यले काठमाडौँ जिल्ला खेलकुद विकास समितिले विद्यालयमा खेलकुद प्रशिक्षण कार्यक्रम अगाडि बढाएको छ।

सरोकारवालासँग छलफल ऐन निर्माण हुँदा कार्यान्वयनमा समस्याः घिसिङ

‘संघीयताले प्रदेशलाई स्वायत्त बनाएको छ। प्रदेशलाई आफ्नै ऐन बनाउन छुट छ। उहाँहरुले ऐन बनाउँदा केन्द्रको अनुसरण गर्नु भएको छैन,’ सदस्यसचिव घिसिङले भने, ‘ऐन जारी भएको दुई वर्षभित्र निर्वाचन हुनु पर्दथ्यो। तर, समयमा नियमावली बन्न नसक्दा त्यो हुन सकेन र सबै संघ अवैधानिक हुन पुगे। राष्ट्रिय संघहरूको समस्या समाधान गर्न म अग्रसर छु। उनीहरूलाई वैधानिक बनाउने प्रयास भइरहेको छ।’

ताप्लेजुङमा खिम्दिङ अध्यक्ष रहेको रग्बी संघ गठन

पहिलो र दोस्रो चरण गरी प्रत्येक चरणमा ४० मिनेटको दुई भागमा अण्डाकार बलको साथ दुई टोलीहरूबीच यो खेल खेल्ने गरिन्छ। फुटबल जस्तै खेल्न सकिने तर हातले खेलिने यो खेल बेलायतबाट सन् १८२३ मा सुरु भएको इतिहास छ। संघ र महासंघ गरी दुई वर्गमा खेलिने यो खेलमा फुटबलमा भन्दा बढी खेलाडी संख्या हुन्छन्।

आयोजकका रिकेश च्याम्पियन

आयोजक काभ्रे जिल्ला आइटिएफ तेक्वान्दो संघका रिकेश तामाङ सातौं राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन्।

जिल्ला खेलकुद विकास समिति नहटाउन अन्तरिम आदेश

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले तीनदिन अघि मात्रै ११ वटै जिल्लामा जिल्ला खेलकुद विकास समितिमा पदाधिकारी चयन गरेको छ।

शर्मा सम्मानित

काठमाडौं जिल्ला खेलकुद विकास समितिले मार्सल आर्ट्सका पूर्वखेलाडी समेत रहेका व्यवसायी केदारनाथ शर्मालाई सम्मान गरेको छ।

महानगर खेलकुद विकास समितिलाई पूर्णता

लामो समयपछि महानगर खेलकुद विकास समितिले पूर्णता पाएको छ। नवगठित महानगर समितिका सदस्यहरुलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सपथ तथा गोपनियताको सपथ खुवाए।

गण्डकी प्रदेशः ११ जिल्लाका खेलकुद विकास समितिसँग स्पष्टीकरण

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिमा राजनैतिक नियुक्त भएका अध्यक्षहरुलाई लिखित स्पष्टीकरण मागेको छ। मन्त्रालयले चैत ४ गते सम्बन्धित जिल्ला अध्यक्षहरुकै नाममा परिपत्र गर्दै स्पष्टीकरण पेश गर्न निर्देश गरेको हो।

राखेप उपाध्यक्षलाई अधिकार प्रत्यायोजन

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १२ को खण्ड (ख) बमोजिम उपाध्यक्ष कोइरालालाई अधिकार प्रत्यायोजन गरिएको हो। उक्त दफामा युवा तथा खेलकुदमन्त्री तथा अध्यक्षले प्रत्यायोजन गरेबमोजिम काम कारबाही गर्ने उल्लेख गरिएको छ।

कार्यालय प्रमुखको बिदाइ

कँडेलको बिदाइ गर्दै मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित कोइरालाले अबको जीवन यात्रा थप सुखमय रहने र खेलकुद क्षेत्रमा नै जीवन व्यतित हुन आशा गरेको बताए।

सदस्यसचिवमा विष्ट, महर्जन र घिसिङ दाबेदार

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेप सदस्यसचिव खुला छनोटका आधारमा हुने प्रावधान छ। यद्यपि, राजनीनिक आस्थाका आधारमै सदस्यसचिव नियुक्ति हुने गरेका छन्।

प्रदेश खेलकुद बोर्डको योजना सार्वजनिक

बैठकले बोर्ड र जिल्ला खेलकुद विकास समिति सञ्चालन तथा व्यवस्थापनका लागि १ करोड ५ लाख रुपैयाँ विभिन्न २६ वटा शीर्षकमा विनियोजन गरिएको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्