१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

आइटिएफ काठमाडौं जिल्ला संघलाई मान्यता

शंकरदेव श्रेष्ठको अध्यक्षतामा रहेको नेपाल आइटिएफ काठमाडौं जिल्ला संघले पूर्णता पाएको छ। काठमाडौं जिल्ला खेलकुद विकास समितिले पूर्वखेलाडी शंकरदेवको अध्यक्षतामा रहेको काठमाडौं जिल्ला आइटिएफ तेक्वान्दो संघलाई मान्यता दिएको हो।

मंगलबार आयोजित एक कार्यक्रमबीच काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई फूलमाला र खादा लगाएर बधाई दिएका थिए। यसअघि एक भेलाले शंकरदेवको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नेपाल आइटिएफ काठमाडौं जिल्ला संघको तदर्थ कमिटी गठन गरेको थियो।

तर, जिल्ला खेलकुद समितिले मंगलबार मान्यता दिएसंगै काठमाडौं जिल्ला आइटिएफ संघले पूर्णता पाएको हो। निर्वाचित अध्यक्ष शंकरदेव आइटिएफ तेक्वान्दोका पाँचौं डान प्राप्त खेलाडी समेत हुन्। नेपाल आइटिएफ काठमाडौं जिल्ला संघको उपाध्यक्षमा सरोज ठकुरी र सचिवमा रितिज पुरी निर्विरोध निर्वाचित भए।

कोषाध्यक्षमा डेविड घलेले जिम्मेवारी पाएका छन्। सदस्यहरू निस्मा बस्याल, सचिना सुनार, रञ्जन श्रेष्ठ, कर्साङ दोर्जे, स्याङ्का तामाङ, रञ्जु पुलामी मगर र शर्मिला परियार छन्। निस्मा एसियन च्याम्पियनसिपका पदक विजेता समेत हुन्। निर्वाचित कार्यसमितिको पहिलो बैठकले सुदेव पण्डित, गोपाल श्रेष्ठ र निरञ्जन सेढाईंलाई सल्लाहकारमा चयन गरेको छ।

प्रकाशित: २२ असार २०७९ ०४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App