४ पुस २०८१ बिहीबार
image/svg+xml

कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव

रोटरी क्लब अफ कनकाईको आयोजनामा यही फागुन १४ देखि १६ गतेसम्म कनकाईको व्यापारिक केन्द्र सुरुङ्गामा कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सम्पन्न भएको छ।

रोटरीले रेडक्रसलाई हस्तान्तरण गर्यो ‘रक्त संकलन मोबाइल एम्बुलेन्स’

रगतको सहज व्यवस्थापनमा सघाउने उद्देश्यले रोटरी क्लब अफ बुटवलले ल्याएको रक्त संकलन एम्बुलेन्स आज नेपाल रेडक्रस सोसाइटी रुपन्देहीलाई हस्तान्तरण गरेको छ।

दश लाख राशिकाे रोटरी गोपाल–कमला राजभण्डारी पुरस्कार प्रदान

दश लाख राशिको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेशनल एक्सिलेन्स’ पुरस्कार यूवा उद्यमी सुदिप कोइरालालाई प्रदान गरिएको छ।

रोटरी राष्ट्रिय सम्मेलन सुरू

सम्मेलनमा ७२ जिल्लाका एक सय ५५ क्लबका प्रतिनिधि सहभागी रहेको डिस्ट्रिक्ट गभर्नर जीतेन्द्रराज राजभण्डारीले बताए।

निःशुल्क स्वास्थ्य शिविरबाट लिए पाँच हजार जनाले सेवा

त्यस्तै दन्त रोगका नौ सय नौ, आँखा परीक्षण नौ सय पाँच, स्त्री रोगका सात सय पाँच, छालासम्बन्धी पाँच सय ७०, मुटुरोगसम्बन्धी पाँच सय २५, नाक, कान र घाँटीका दुई सय ७० र दुई सय ५० जनाले बालरोगसम्बन्धी स्वास्थ्य परीक्षण सेवा तथा औषधि लिएका छन्।

भूकम्प प्रभावितलाई गोबर ग्यासहितको शौचालय

क्लबले प्रतिघर १ लाख ६० हजार रूपैयाँ लागतमा गोबरग्यास, शौचालय र खेती गर्नका लागि टनेललगायत पूर्वाधार निर्माणका लागि खर्च गर्दै आइरहेको छ । रोटरी क्लबको ग्लोबल ग्र्यान्ट र डिस्ट्रिक ग्र्यान्ट अनुसार यो परियोजना अघि बढाइएको हो।

रोटरी क्लवको ‘अक्सिजन बैंक’

अक्सिजनकै अभावमा ज्यानै गुमाउने परिस्थितिको अन्त्य गर्न रोटरी क्लवले अक्सिजन बैंक स्थापना गरेको छ । स्थापित बैंकले अक्सिजनको आवश्यकता परेको विरामीको शैयासम्म सिलिण्डर पुर्याउने लक्ष्यसहित काम शुरु गरेको छ ।

रोटरी हाफ म्याराथनको उपाधि अनिशलाइ

रुपन्देहीमा शनिबार सम्पन्न रोटरी हाफ म्याराथनको उपाधि पर्वतका अनिश थापा मगरले जितेका छन । भारतीय गोर्खा राईफल्स हैदरावादमा कार्यरत थापाले १ सय १५ जना प्रतिश्पर्धीलाइ पछि पार्दै म्याराथनको उपाधी जितेका हुन । बुटवलदेखि भैरहवा सम्मको २१.१ किलोमिटरको दुरी १ घण्टा ६ मिनेट ३९ सेकेण्डमा पार गर्दै अनिशले उपाधी चुमेका हुन

‘अमेजिङ मोटर र्‍याली–२०२१’ चितवन प्रस्थान

रोटरी क्लब अफ वाग्मती काठमाडौं र केजिएच फाउन्डेसनको आयोजनामा भएको र्‍याली पहिलो दिन काठमाडौंबाट सुरु भएर भद्रकाली, सिंहदरबार, थापाथली, कलंकी परिक्रमा गरी थानकोट, नागढुंगा, गजुरी, मुग्लिङ, चितवन, नारायणघाट हुँदै सौराहा पुगेको हो।

रोटरी क्लब अफ न्यूरोड सिटीले दियो पाटन अस्पताललाई ३० लाखको स्वास्थ्य उपकरण

रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा पाटन अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको छ। झन्डै ३० लाख मूल्य पर्ने हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंका प्रेसिडेन्ट सरिन श्रेष्ठले पाटन अस्पतालका मेडिकल डाइरेक्टर इमरान अन्सारीलाई शनिबार हस्तान्तरण गरेका हुन्।

रोटरी अवार्डको आवेदन खुला

प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड भोकेशनल एक्सिलेन्स अवार्ड वितरणको लागि आवेदन खुला गरेको छ। रोटरी सार्क गोपाल–कमला राजभण्डारी ह्युमनिटी अवार्डले आवेदन खुला गरेको हो।

विपत् व्यवस्थापनसम्बन्धी सामग्री सहयोग

काठमाडौंको दरबारमार्गस्थित रोटरी क्लबले सोलुदुधकुण्ड नगरपालिकालाई विपत् व्यवस्थापनका विविधि सामाग्री हस्तान्तरण गरेको छ। रोटेरियल ब्रिटिस ग्रुपको सहयोगमा प्राप्त आगलागीका बेला प्रयोग गरिने दर्जनौं सामाग्री मेयर नाम्गेलजाङबु शेर्पालाई हस्तान्तरण गरिएको हो।

नागरिककर्मी दाहाललाई रोटरी स्वास्थ्य जोर्नो अवार्ड

नागरिककर्मी दीपक दाहाल ‘रोटरी जोर्नो अवार्ड २०१८’ बाट सम्मानित भएका छन्। शनिबार एक कार्यक्रमकाबीच रोटरी क्लवले उनलाई सम्मान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्