५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

रोटरी राष्ट्रिय सम्मेलन सुरू

रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ को  १५ औं  राष्ट्रिय सम्मेलन शुक्रबारबाट  राजधानीमा सुरू भएको छ।

सम्मेलनमा ७२ जिल्लाका एक सय ५५ क्लबका प्रतिनिधि सहभागी रहेको  डिस्ट्रिक्ट गभर्नर जीतेन्द्रराज राजभण्डारीले बताए।

करिब एक हजार पाँच जना रोटरी अभियानकर्मीको सहभागिता रहेको छ। सम्मेलनमा रोटरीको अन्तर्राष्ट्रिय फाउन्डेसनका प्रतिनिधिको पनि सहभागिता रहेको छ।

क्लबले विपन्न वर्गको समुदायमा शिक्षा, स्वास्थ्य र खानेपानीलगायत क्षेत्रमा काम गर्दै आएको छ। रोटरी क्लबले विद्यालयमा बालिकामैत्री शौचालय निर्माणलाई प्राथमिकता दिएको राजभण्डारीले  बताए पोलियो उन्मूलनमा सरकारलाई विशेष सहयोग गरेको क्लबले स्वास्थ्य संस्थामा सा–साना उपकरण दिने गरेको छ।

महिला सशक्तीकरणका लागि शिक्षालाई नै पहिलो शर्तका रुपमा लिएर बालिकालाई शिक्षा दिन प्रेरित गर्ने अभियान पनि क्लबले चलाएको छ। यो अभियान अन्तर्गत एउटा क्लबले विपन्न वर्गका १० बालिकालाई अभिवाकत्व ग्रहण गरी शिक्षा दिने नीति बनाइएको छ।  शुक्रबारदेखि राजधानीमा हुने दुई दिने सम्मेलनमा जनसरोकारका विभिन्न विषयमा बहस गराउने तयारी पनि क्लबले गरेको छ। बहसमा सम्बन्धित क्षेत्रका विज्ञले मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, विकास निर्माण, शान्ति लगायत विषयमा छलफल गरिनेछ।

प्रकाशित: ३ चैत्र २०७९ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App