काठमाडौं – प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड भोकेशनल एक्सिलेन्स अवार्ड वितरणको लागि आवेदन खुला गरेको छ। रोटरी सार्क गोपाल–कमला राजभण्डारी ह्युमनिटी अवार्डले आवेदन खुला गरेको हो।
आवेदन फाराम रोटरी डिष्ट्रक्ट कार्यालय थापाथली र देशभर रहेका २४ वटा क्लबहरूबाट उपलब्ध हुने उक्त संस्थाले जानकारी दिएको छ। संस्थाका अनुसार आवेदन फाराम बुझाउने अन्तिम मिति आगामी चैत १० गतेसम्म निर्धारण गरिएको छ। उक्त अवार्डको घोषणा आगामी जेठ ३ गते हुने बताइएको छ। राष्ट्रियस्तरमा आफ्नो पेशा वा व्यावसायको माध्यमबाट उल्लेखनीय योगदान पु-याएका व्यक्ति, संस्था वा समूहलाई १० लाख रुपैयाँ राशीको अवार्ड प्रदान गरिने प्रदान संस्थाले जनाएको छ। उक्त संस्थाले सन् १९०५ मा अमेरिकाको सिकागो सहरबाट काम सुरु गरेको थियो। अहिले विश्वका दुई सय ८ देशका करिब १२ लाख सदस्य आवद्ध भएको संस्थाका डिष्टिक्ट्र गर्भनर किरणलाल श्रेष्ठले जानकारी दिए। नेपालमा रोटरीको सुरुवात सन् १९५९ भएपनि २००८ जुलाई महिलादेखि नेपालमा छुट्टै रोटरी डिष्ट्रिक्टर ३२९२ को स्थापना भएको उनले बताए।
प्रकाशित: २३ फाल्गुन २०७६ ०३:४५ शुक्रबार