सरकारविरुद्ध जागरणसभामा पनि मिल्न सकेन सिन्धु कांग्रेस, दुई समूहको छुट्टाछुट्टै कार्यक्रम
सरकारविरुद्ध जागरण अभियान चलाएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय नीति विपरित सिन्धुपाल्चोकमा दुई ठाउँमा समापनसभा गरेको छ। जागरण अभियानको समापन एकै स्थानमा गर्ने, त्यो ठाउँ जिल्ला सदरमुकाम नै हुने र सरकारविरुद्ध शक्ति प्रदर्शन गर्ने नीति लिएको कांग्रेसले त्यसैअनुसार निर्देशनसमेत दिएको थियो।